कार्तिक अर्यानको फिल्म‘पति पत्नी और वो’ले संजय दत्तको फिल्म ‘पानीपत’लाई टक्कर दिदै गर्यो बम्पर ओपनिङ

मुम्बई, २१ मङ्सिर । पछिल्लो समय स्टारका रुपमा बलिउडमा उदाएका कार्तिक आर्यनको फिल्म ‘पति पत्नी और वो’ले सुखद् ओपनिङ गरेको छ । उनको यो फिल्मले अर्जुन कपुर, सञ्जय दत्त र कृति सेनन अभिनित फिल्म ‘पानीपत’लाई टक्कर दिएको छ ।

कार्तिकसंगै भूमि पेड्नेकर र अनन्या पाण्डेको समेत अभिनय रहेको ‘पति पत्नी और वो’ले पहिलो दिन ९.१० करोड भन्दा बढीको ब्यापार गर्न सफल बनेको हो ।यो सँगै अभिनेता कार्तिक आर्यनको करियरकै सबै भन्दा ठूलो ओपनर फिल्म सावित भएको छ ।

कार्तिक आर्यनले फिल्म ‘प्यारका पंचनामा’ (२०११) बाट बलिउडमा डेब्यु गरेका थिए । सो फिल्मले पहिलो दिन ९२ लाखको कमाई गरेको थियो कार्तिकको उक्त फिल्मलाई पनि दर्शकहरुले निकै रुचाएका थिए । कार्तिकको अभिनयको तारिफ पनि उत्तिकै भएको थियो ।

त्यस्तै कार्तिक आर्यनको अर्को फिल्म ‘सोनु के टिटुकी स्वीटी (२०१८)ले पहिलो दिन ६.४२ करोड कमाएको थियो, भने अर्को फिल्म ‘पंचनामा-२’ (२०१५)ले ६.८० करोड कमाएको थियो ।त्यसपछि अभिनेत्री कृति सेननसँगको फिल्म ‘लुकाछुपी’ले पहिलोफिल ८.०१ करोडको कमाई गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *