इरानी जेलबाट तीन वर्षपछि छुटे अमेरिकी नागरिक

तेहरान : इरानले तीन वर्षदेखि नियन्त्रणमा राखेको अमेरिकी नागरिकलाई रिहा गरेको छ ।चिनियाँ मूलका अमेरिकी नागरिक स्यु वाङलाई इरानले २०१६ देखि तेहरानस्थित जेलमा राख्दैआएको थियो । अमेरिकाले इरानी वैज्ञानिक मसूद सोलेमानीलाई रिहा गरेपछि जवाफी निर्णयको रुपमा वाङलाई रिहा गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइटहाउसबाट विज्ञप्ति निकाल्दै वाङ अब अमेरिका फर्कँदै गरेको प्रतिक्रिया दिएका छन् । यसका लागि स्वीस सहयोगीहरुले समन्वय गरेकोमा ट्रम्पले उनीहरुलाई धन्यवाद दिएका छन् ।

वाङकी पत्नी हुआ क्युले पनि रिहाइबारे प्रतिक्रिया दिएकी छन् । इरानको जेलबाट उनी रिहा भएको उनले बताइन् । ‘हाम्रो परिवार फेरि एक पटक पूर्ण भएको छ । हामी यो कामको लागि हाम्रा सहयोगीहरुप्रति धन्य छौँ,’ उनले भनेकी छन् । वाङ इरानी गोप्य सूचना बाहिर पठाएको र घुसपैठ गरेको अभियोगमा त्यहाँ १० वर्षको जेल सजाय भोग्दै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *