‘द भ्वाईस अफ नेपाल’को ट्रफी जितेपछि पहलिो पटक लाइभ आए राम, छाडे सबैलाई यति मिठो संदेश (भिडियो)

काठमाडौं, २२ मङ्सिर । द भ्वाईस अफ नेपाल सिजन २ का विजेता राम लिम्बूले ट्रफी जितेपछि पहिलो पटक लाइभ आएका छन् । उनले लाइभमा आफुलाई भोट गरेर जिताउन हुने सबैमा धन्यावाद दिएका छन् । र आफुले जितेको ट्रफी केवल आफ्नो मात्र नभएर सबैको भएको बताएका छन् ।

रामले सामाजिक सञ्जालमा एक स्टाटससमेत लेख्दै भनेका छन्, ‘यो जीत मेरो मात्रै होइन, तपाईंहरुको पनि हो, मलाई यहाँसम्म भोट गरे प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न माध्यमबाट साथ र सहयोग गर्नुहुने सम्पूर्ण नेपाली महानुभावहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दुछु ।’

भोलिका दिनमा उनले संगीतका माध्यमबाट दर्शकको मन जित्ने पनि प्रयत्न गर्ने पनि बताएका छन् । उनले, विजेता बनेसँगै १२ लाख रुपैया क्यास र कार पुरस्कार पाएका छन् । साथै, म्यूजिक नेपालबाट उनको एल्बम समेत सार्वजनिक हुनेछ ।

टप ४ फाइनलिष्टमध्ये काठमाडौंका शनिश श्रेष्ठलाई रामको प्रतिस्पर्धी ठानिएको थियो किनकी उनीहरुको फ्यान फलोइङ लगभग उस्ता उस्तै थिए । यद्यपी फाइनलमा शनिशलाई अछार्दै राम द भ्वाईस अफ नेपाल सिजन २ का विजेता बन्न सफल भएका छन् ।

भिडियो हेर्नुहोस्-

Leave a Reply

Your email address will not be published. Required fields are marked *