‘लालसिंह चड्डा’को सेटबाट फ्यानले सार्वजनिक गरे आमिरको यस्तो हुलिया

एजेन्सी, २२ मङ्सिर । लाल सिंह चड्डाको सेटबाट बलिउड सुपरस्टार अमिर खानको नयाँ लुक्स सार्वजनिक भएको छ । आमिरको उक्त लुक्स सुटिङ गरिरहेका बेला एक फ्यानले फोटो खिचेर सार्वजनिक गरिदिएका हुन् ।

केहीदिन पहिले आमीरले नै लाल सिंह चड्डाको पहिलो लुक सेयर गरेका थिए । त्यसमा अमिर ठूला आँखा भएका हट्टाकट्टा सरदारका रूपमा देखिएका थिए । तर उनका फ्यानले सार्वजनिक गरेको तस्बिरमा भने आमिर लामो दारी र कपालमाथि टोपी लगाएका देखिन्छन् ।

हलिउड सिनेमा फरेस्ट गम्पको आधारीक हिन्दी रिमेक लाल सिंह चड्डामा आमिर लामो दारी र कपालमा देखिने छन् । यो सिनेमामा आमिर खानको अलावा करीना कपूर पनि महत्वपूर्ण भूमिकामा हुनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *