दीपराज गिरीले भने– डेटिङ जान सुनसान ठाउँ चाहिए फिल्म हल जानूस्

काठमाडौं । नेपाली हाँस्यक्षेत्रका मात्रै होइन नेपाल चलचित्र उद्योगका सफल व्यक्ति हुन्, दीपकराज गिरी । हाँस्य टेलिसिरियल छाडेर चलचित्र क्षेत्रमा हात हालेका उनको एकपछि अर्काे चलचित्रले सफलता हात पारेको छ । उनी निर्देशकदेखि निर्मातासम्म हुन् ।

उनी सफल चलचित्रकर्मी दीपकराजले अहिले चलचित्रको व्यापारका अवस्था कन्तविजोग रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आइतबार स्टाटस लेख्दै उनले हिजोआज चलचित्र हलहरु दर्शक नभएर खाली रहेको जानकारी दिएका छन् ।

व्यंग्यक्षेत्रका हस्तीसमेत रहेका उनले व्यंग्यात्मकशैलीमै चलचित्र क्षेत्रको व्यापार अहिले सुनसान रहेको बताएका हुन् । डेटिङ जान खुला स्थान चाहिएर हलमा जान युवाहरुलाई आह्वान गरेका दीपकराजले फेसबुकमा लेखेका छन्, ‘केटा केटीहरू डेटिङको लागि सुनसान ठाउँ चाहिएको छ ?आजकल जुनसुकै फिल्म हलमा गए पनि हुन्छ । हरिबिजोक डटकम !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *