‘नाइँ नाइँ हुन्न हुन्न’ भन्दा भन्दै पनि सरोजले आस्मालाई नचाएरै छाडे (भिडियो)

काठमाडौँ, २२ मङ्सिर । एल्बम ‘उडान–२’ मा समावेश चर्चित गायक सन्जिब पराजुली र गायिका सुजता उपाध्यायको स्वरमा नयाँ गीत ‘नाइँ नाइँ हुन्न हुन्न’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा मनस राजको शब्द र कम्पोज रहेको छ । गीतमा उदय राज पौडेलको संगीत संयोजन रहेको गीतलाई गायक पराजुलीले आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् । जुन गित युटुब ट्रेन्डिङको १५ औ स्थानमा छ ।

भिडियोमा कार्टुन क्रुका सदस्यहरुको दमदार अभिनय रहेको छ । जसमा सरोज अधिकारी , आश्मा विश्वकर्मा, सन्जिब पराजुली, सुविन चौहान, राम घले, साजन चौहान, लाक्पा डी लामा, विजय अधिकारी, पेम्बा मगर, निम्बाबु तामाङ रहेका छन् । गीतको म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् । भने भिडियोमा टेकेन्द्र शाहको सम्पादन गरेका हुन् ।

भिडियो हेरौं –

Leave a Reply

Your email address will not be published. Required fields are marked *