कोहलपुरमा प्रहरीको ज्यादतिपछि काँग्रेस प्रवक्ता शर्माको प्रश्न ‘कलम चलाउनेमाथि किन लाठी चलाएको सरकार ?’

बाँकेको कोहलपुरमा एक विद्यार्थीलाई मालबाहक ट्रकले ठक्कर दिएपछि उत्पन्न तनावमा प्रहरीले गो ली चलाएको छ। प्रहरीले प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि गो ली चलाउँदा २ जना विद्यार्थी घाइते भएका छन् । विद्यार्थीमाथि प्रहरीले गो ली चलाएपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई प्रश्न गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कलम चलाउने विद्यार्थीमाथि किन लाठी वर्षाएको?’

प्रधानमन्त्री र हेलो सरकारलाई ट्वीटरमा मेन्सन गर्दै प्रवक्ता शर्माले लेखेका छन्, ‘कलम समाउने कलिला हातहरुमाथि किन लाठीको बर्षा? स्कुले बालिकालाई ट्रकले कुल्चदा कोहलपुरमा विद्यार्थी आ क्रोशित हुनु स्वभाविक थियो। संयम् गुमाएर प्रहरीले बिद्यालय भित्रै प्रवेश गरेर शिक्षक र विद्यार्थीमाथि अन्धाधुन्ध प्रहार गरेको घटनाले स्थिति उत्तेजक बन्न पुग्यो।’

उनले अगाडि थपेका छन्, ‘अन्तत कैयौं युवा,विद्यार्थी र प्रहरी समेत घाइते हुनु र स्थिति क र्फ्युसम्म पुग्नु दुःखद। अनावश्यक बल प्रयोग गर्ने स्थानीय प्रहरीको दोषी नेतृत्वमाथि कार्वाही प्रक्रिया थाल्न, घाइतेको सम्पुर्ण उपचार गर्न र सहज स्थिति निर्माणमा कार्य गर्न प्रधानमन्त्री समक्ष आवश्यक पहलको अपिल।’

त्यस्तै कोहलपुरमा छात्रालाई ट्र कले कि चेको घटनाले उग्ररुप लिँदै गएपछि कफर््यु लगाइएको छ । हिजो ३ः०० बजेदेखि अनिश्चितकालका लागि कफर््यु आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए ।

उनका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा कफर््यु लगाउने निर्णय गरेको हो । कोहलपुरको उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागू हुनेगरी कफर््यु लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार कोहलपुरको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै अनिश्चितकालीन कफर््यु आदेश जारी गरिएको छ । स्थिति सामान्य बनेपछि हटाउने निर्णय भएको छ । कफर््यु आदेश जारी भएसँगै काहलपुर क्षेत्र सुनसान बनेको छ । यस्तै दुर्घटनामा गम्भीर घाइते कोहलपुर नगरपालिका–१० की बालिका प्रकृति चन्दलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । बालिकालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ भने अन्य घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

आन्दोलनमा उत्रिएका विद्याथीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको क्यान्टिनमा आगजनीसमेत गरेका थिए । झडपमा इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही पनि घाइते हुनुभएको छ । कफर््यु आदेश जारी भएसँगै कोहलपुरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

अवस्था त नावपूर्ण बनेपछि कोहलपुरका उद्योगी व्यवसायीले संयमता अपनाउन अपील गरेका छन् । थप क्षति नहोस् भन्दै संयमता अपनाउन प्रहरी र आन्दोलनकारीलाई अपिल गरिएको कोहलपुरका व्यवसायी देवानन्द अर्यालले जानकारी दिए । उनले कोहलपुरलाई थप क्षति हुनबाट जोगाउन संयमता अपनाउनुको विकल्प नभएको बताउनुभयो ।

त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ७ मा अध्ययनरत बालिका चन्दको ट्रकले ठक्कर दिएपछि तनाव उत्पन्न भएको थियो । आफ्ना बुबासँग मोटरसाइकलमा विद्यालय आएकी प्रकृतिलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो । विद्यालय प्राङ्गण नजिकै भएको दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थीले ट्रकमा आगजनी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *