सर्वत्र वि वा द पछि अक्षय कुमारले दिए भारतीय पासपोर्टको लागि आवेदन

एजेन्सी – बलिउडमा सदाबहार चर्चामा आइरहने अभिनेता हुन् अक्षय कुमार । धेरैजसो आफ्नो नयाँ फिल्मका कारण चर्चामा आउने अक्ष्य पछिल्लो समय एक फरक कारणबाट चर्चामा छन् । उनीसँग भएको क्यानडाको पासपोर्टले अहिले उनलाई धेरै प्रश्न आएका छन् । जब उनी देशभक्तीको कुरा गर्छन्, तव उनीसँग भएको क्यानडाको पासपोर्टको कुरा निस्कन्छ ।

पछिल्लो समय उनको क्यानडाको पासपोर्ट कै कारण आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा धेरैले उनलाई क्यानडाको नागरिक भएर भारतीय नागरिकलाई राष्ट्रियता सिकाएको भन्दै चर्को आलोचना गरेका छन् । यस बिषयमा उनको जताततै आलोचना भएपछी अक्ष्यले एक अन्तरबार्तामा दुख ब्यक्त गरेका छन् ।

उनले अन्तरबार्तामा भने जब मेरा १५ चलचित्र फ्लप भएका थिएँ, त्यतिबेला म हतास थिएँ । मलाई अब कसैले काम दिदैन भन्ने लागेको थियो । सोही समयमा एक जना क्यानडामा नै बस्ने साथीले मलाई क्यानडा आउन आग्रह गरेँ । मैले पनि अब भारतमा काम पाइदैन भन्ने सोचेँ र क्यानडाको पासपोर्ट एप्लाई गरेँ । तर, त्यसपछि भने मेरो चलचित्र असफल भएन । मैले पछाडि फर्किएर हेर्नु परेनँ ।’ उनले भने मलाई बाराम्बार यस्तो आरोप नलगाउनुहोस, भन्दै उनले क्यानेडियन नागरिकता त्यागेर भारतीय पासपोर्टको लागि आवेदन दिएका छन् ।

उनले शुक्रबार हिन्दुस्तान टाइम्सको एक कार्यक्रमकाबीच बोल्दै कसैले राष्ट्रियतामाथि प्रश्न उठाउँदा निकै पीडा हुने भन्दै भने, ‘मैले भारतीय पासपोर्टको लागि निवेदन दिएको छु । म भारतीय भइकन पनि अरुलाई भारतीय हुँ भनेर प्रमाणित गर्नुपर्दा निकै दुख लाग्छ । मेरी श्रीमती, मेरा छोराछोरी भारतीय हुन् । म कर पनि यही तिर्छु र मेरो जिन्दगी पनि यहीको हो ।’

कसरी लिएका थिए क्यानडाको नागरिकता ?

अक्षयसँग क्यानाडाको नागरिकता छ । यसको कारणले उनले कयैन पटक व्यङ्ग्य र आलोचनाको सामना गर्नुपरेको छ । समिटको दौरान अक्षयले आफूले कसरी क्यानडाको नागरिकता प्राप्त गरे त्यसबारे पनि बोले ।

उनले भने ,‘ एक समय मेरो एक पछि अर्को गरेर १४ फिल्महरु फ्लप भए । त्यसपछि म आफ्नो भविष्यलाई लिएर चिन्तित हुन थालें । त्यो समय क्यानडामा बसिरहेका मेरो एक जना नजिकका साथीले मलाई क्यानडा जाने र काम गर्ने सल्लाह दिए । मैले क्यानाडाको पासपोर्टको प्रक्रिया शुरु गरें । त्यो समय मलाई मेरो फिल्मी करियर अन्त्य भएको जस्तो भान भएको थियो । तर १५औं फिल्म सफल भयो र मैले पछि फर्केर हेर्नु परेन । त्यसपछि मैले आफ्नो पासपोर्ट बदल्नेबारे कहिले पनि सोचिनँ ।’

अक्षय कुरमारले अहिलेसम्म १५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । यो वर्ष हालसम्म उनले ‘केसरी’, ‘मिशन मंगल’ र ‘हाउसफुल ४’ गरेर तीन फिल्म प्रदर्शनमा आइसकेका छन् । यी तिन वटै फिल्म बक्स अफिसमा हिट भए । उनको आगामी फिल्म ‘गुड न्यूज’ डिसेम्बर २७ मा सार्वजनिक हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *