प्रियंकाको गुनासोः अमेरिकामा नाम भन्दै हिँड्नु पर्यो

एजेन्सी– बलिउड अभिनेत्री प्रियंका चोपडालाई भारतमा त नचिन्ने कोही पनि छैनन् होला । अन्तर्राष्ट्रिय स्तरमा समेत काम गरिसकेकी प्रियंका विश्वस्तरमा नै ठूलो नाम हो ।

तर, तिनै प्रियंकालाई अमेरिकामा भने सहज रहेनछ । उनैले एउटा अन्तर्वार्तामा भनेकी छिन्, ‘पहिलो पटक कामको सिलसिलामा अमेरिका जाँदा मानिसहरु भेट्दा मैले मेरो परिचय दिनु पथ्र्यो । उनीहरुलाई चिनाउनका लागि मसँग कुनै काम थिएन ।’ त्यति बेला प्रियंका बलिउडमा चाहिँ चलेको नाम भइसकेको थियो ।

विराट कोहली बने विश्वका नम्बर वान ब्याट्सम्यान

एजेन्सी– भारतका क्रिकेट कप्तान विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले टेस्ट क्रिकेटमा विश्वको एक नम्बर ब्याट्सम्यान भनेको छ । विराट अष्ट्रेलियाका स्टिभ स्मिथलाई पछाडि छोडेर यो पोजिसनमा पुगेका हुन् ।

९२८ अंकका साथ कोहली अहिले नम्बर वानमा छन् जबकी स्मिथ उनीभन्दा पाँच अंकले पछाडि छन् । विराटले बंगलादेशविरुद्ध भएको कोलकता डे नाइट टेस्ट म्याचमा १३६ रनको पारी खेलेका थिए । तर, पाकिस्तानविरुद्ध एडिलेडमा खेल्दा स्मिथले केवल ३६ रन बनाएका थिए ।

अर्कोतिर, यही साता अष्ट्रेलियका डेभिड वार्नरले ३३५ रनको ऐतिहासिक पारी खेलेका थिए । यही कारण उनी १२ स्थान उक्लिएर पाँचौ नम्बरमा पुगेका छन् इंग्ल्यान्डका जो रुटले पनि यसपटक टप टेनमा आफ्नो नाम दर्ज गरेका छन् । यो सूचीको सातौँ नम्बरमा चाहिँ अजिंक्य रहाणे रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *