६ लाख मै बन्छ ट्वाइलेट बाथरुम र किचेन सहित ४ कोठाको घर, ४० वर्षको ग्यारेन्टी (पुरा भिडियो)

काठमाडौँ, २३ मङ्सिर । ७२ सालको विनासकारी भूकम्प पछी भूकम्प प्रतिरोधी घर निर्माण गर्नै पर्ने रहेछ भन्ने आम मानिसको सोच बन्न थालेको छ । राम्रो पुजी भएकाहरुले त करोडौ खर्चेर भूकम्प प्रतिरोधी आरसीसी घर निर्माण गर्ने नै भए तर सानो पुजी भएका परिवारलाई चाहि कसरी त्यो सम्भव होला भन्ने सबैको चिन्ता रहदै आएको छ । तर त्यसको विकल्प स्वरूप नेपालमा विभिन्न उद्योगहरुले सस्तोमा भूकम्प प्रतिरोधी घर निर्माण गरिदिने दावी गर्दै आइरहेका छन ।

यस्तै उद्योगहरु मध्य एक हो तामाङ ब्लक एण्ड रेलिङ्ग उद्योग । यस कम्पनिले कम्तिमा ६ लाख रुपैया मै ४ कोठे घर निर्माण गरिदिने दावी गर्दछन । यति थोरै रकममा उनीहरुले बनाएको घर कम्जोर होला भन्ने प्रश्नमा उद्योगका संचालक राजेश रुम्बा लामा भन्छन – हामी ४० वर्ष ग्यारेन्टी दिन्छौ । यति थोरै मूल्यमा भूकम्प प्रतिरोधी घर बन्छ भन्दा पत्यार नलागे पनि उनीहरुले यस प्रकारको घर सैयौको संख्यामा निर्माण गरिसकेका छन । ग्राहकहरु अहिले सम्म सन्तुष्ट रहेको उनि बताउछन ।

यसै विषयमा लामासंग गरिएको कुराकानी हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *