विप्लव समूहकी विद्यार्थी नेतृ रुचाल प क्रा उ

तनहुँ- नेत्रविक्रम चन्द निकट मानिने विद्यार्थी भातृ सङ्गठन अखिल क्रान्तिकारी तनहुँकी जिल्ला अध्यक्ष ममता रुचाललाई प्रहरीले आज पक्राउ गरेको छ सदरमुकाम दमौलीबाट ब्यासनगरपालिका-१ भादगाउँ तर्फ जाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी रुचालमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।तनहुँबाट प्रहरीले हालसम्म सोह्र जना विप्लवका कार्यकर्ता पक्राउ गरिसकेको उनले बताए। पक्राउ परेकी रुचालको साथबाट पार्टीको पर्चा पम्प्लेटलगायतका सामग्रीहरु बरामत गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *