धमला भन्दा कान्छो देखिए उनको ससुरा, पहिलोपटक धमलासंग एकसाथ मिडियामा सार्वजनिक (भिडियो)

काठमाडौ। पत्रकार ऋषि धमलाको ससुरा पहिलोपटक मिडियामा आएका छन।क्यानाडामा बस्दै आएका भरत गौतम १० बर्ष पछि नेपाल आएका हुन।उनि नेपाल आए संगै पहिलोपटक ऋषि धमला सहित मिडियामा देखिएका छन।केहि समय देखि ऋषि धमला र ससुरा बीचको सम्बन्धको बिषयमा चर्चा पनि रह्यो।

ऋषि धमलाको बिबाहमा समेत न आएका भरतले आफ्नो छोरीको बिहे मनाउन नपाउदा दुखित भएको बताए। ऋषि धमलानै किन रोज्नु भयो भन्ने प्रश्नमा उनको रोचक उतर छ।धमलालाइ छोरी दिए पछि आफु ढुक्क रहेको समेत बताए भने अब सजिलै छोरीको जीवन चल्नेमा उनि निर्धक्क छन।

भिडियो:

‘अघि सम्म हाम्री छोरी हो जस्तो लाग्थ्यो, अब उ हाम्री मात्रै होइन देशकी छोरी रहिछ’

काठमाडौं। धाविका सन्तोषी श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् । साग इति हासमा नेपाली एथलेटिक्स महिला खेलाडीले जितेको यो पहिलो स्वर्ण पदक हो । सन्तोषीले मंगलबार दशरथ रंगशालमा भएको प्रतिस्पर्धामा भारतकी कविता यादवलाई एक मिलिसेकेण्डले पछि पार्दै स्वर्ण पदक जितेकी हुन्।

सन्तोषीले स्वर्ण जित्दाको क्षण उनकी आमा लक्ष्मीदेवी श्रेष्ठ पनि त्यहिँ थिइन् । ‘छोरी पहिलो भएको र स्वर्ण पदक जितेको थाहा पाएपछि आँ’सु झरेछ, त्यो खुशीको आँसु थियो’ सन्तोषीकी आमा लक्ष्मी देवीले भनिन्, ‘हिजो भन्दा अघि सम्म हाम्री छोरी हो जस्तो लाग्थ्यो, अब चाहिँ उ हाम्री मात्रै होइन देशकी छोरी रहिछ भन्ने थाहा भयो ।’ मंगलबार भएको प्रतिस्पर्धामा स्वर्ण जितेकी सन्तोषीलाई बुधबार रंगशालामा विशेष कार्यक्रमका गरी पदक वितरण गरियो ।

सो समारोहमा उपस्थित रहेकी आमा लक्ष्मीदेवीले भनिन्, ‘म जस्तो आमाको दूध खाएको छोरीले पनि देशका लागि स्वर्ण पदक जित्न सक्ने रहिछ भन्ने लागेको थियो हिजो उसले पदक जितेको थाहा पाएपछि।’ सन्तोषीका पिताले भने, ‘उसले प्राप्त गरेको यो सबै सफलता उसको व्यक्तिगत मेहनतको फल हो । पढाइमा राम्री थिइ, काम पनि गर्ने, त्यसपछि बाँकी रहेको समयमा गरेको प्रशिक्षणबाट उसले स्वर्ण पदक जितेकी हो ।’

दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जितेर कीर्तिमान बनाएकी सन्तोषी श्रेष्ठका पिता विष्णुकुमार श्रेष्ठ भन्छन- ‘उसले हिँड्न कहिले जानिन,जहिले कुद्ने मात्रै। यस्तो कीर्तिमान बनाउन पो रहेछ, देशको नाम उचो बनाउन कुद्ने रहिछ उ, हामीले भने जहिले सुस्त हिँड्न छोरी भनिरह्यौँ ।’ भिडीयो यहाँ लिंकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *