वर्षाको मायामा तड्पिए विनोद (भिडियो)

काठमाडौं – इट्टाघरे प्रोडक्सनको प्रस्तुतिमा तयार भएको ‘झूठो खेल’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतको भिडियोमा नायिका वर्षा राउत र अभिनेता विनोद न्यौपानेले अभिनय गरेका छन् । विनोद र वर्षालाई भिडियोमा प्रेमीप्रेमिकाका रुपमा देखाइएको छ । मायामा धोका पाएपछि तड्पिनुपरेको भावना गीतमा देखाइएको छ ।

गीतमा बेनु मैनालीका शब्द छन् भने तारा तिवारीको स्वर सुन्न सकिन्छ । यस्तै संगीत सिर्जना कर्म ग्याल्छेन बोमजनले गरेका छन् ।गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले क्यामेरामा कैद गरेका हुन् भने गम्भीर विष्टले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *