‘छोरी क्षमतावान बन्दा हेपाई कम हुँदै गयो’

काठमाडौं : ‘खेल हो हार जित भइहाल्छ।‘ सोमबार सातदोबाटो स्थित एन्फा एकेडेमीको हलमा रत्न सुनारले छोरी संगीता सुनारलाई सम्झाउँदै थिए। सागमा संगितालाई बक्सिङ तर्फ नेपालका लागि स्वर्ण जित्ने खेलाडीको रूपमा लिइएको थियो। तर उनी भारतीय खेलाडी प्रविनसँग फाइनलमा हार्न पुगिन्। सेमिफाइनल खेलमा श्रीलकाकी खेलाडीलाई पराजित गरेकी उनले आफूले फाइनल खेलका लागि सक्दो तयारी गरेकी थिइन्। ‘मैले जति मिहिनेत गरेँ। सायद त्यो मिहिनेत स्वर्ण जित्न पर्याप्त भएन्’, उनले भनिन्, ‘अन्य मुलुकको व्यक्तिले आफ्नो देशमा आएर

आफूलाई हराउँदाको पीडा शब्दमा व्यक्त गर्न नसकिदो रहेछ।‘ उनले आफ्नो हारको दोष कसैलाई दिन चाहिनन्। ‘मलाई गुरुहरूले पनि खेल जित्नका लागि चाहेको कसरत गर्नुभएको हो। म हार आफुले नै लिन चाहन्छु।‘ १२ औं सागमा पनि उनले भारतसँग नै हार बेहोरेकी थिइन्। त्यो उनको लागि पहिलो अन्तर्राष्ट्रिय खेल थियो। त्यो खेलको हारले जित्नुपर्छ भन्ने हुदाँहुदैँ पनि सोमबारको हार उनको मिहिनेतको परिणामको

विपक्षी भइदियो। जीवनमा एक पटक साग जित्ने उनको सपना पुरा नभए पनि बाबुको सपना भने उनले पुरा गरेकी छिन्। बुबा रत्न कुनै जमानामा नेपाल प्रहरीमा थिए। तर परिवारीक विचलनका कारण उनले बिचैमा त्यागेँ। देशको सेवा गर्ने उनको सपना पुरा नभएपछि उनले यो सपना आफ्नी जेठी छोरी संगीतामा देखे। चार सन्तानका बाबु हुन उनी। संगिताको खेल हेर्न उनी केही दिन अघि काठमाडौं आएका हुन्।

पहिलो दिन पनि आफ्नी छोरीले खेल जित्दा उनी ताली बजाइरहेका थिए। स्वर्ण जित्न नसक्दा भने संगिता मिडियाबाट ओझेलमा परिन्। तर रत्नले भने छोरीले एक दिन न एक दिन स्वर्ण जित्ने विश्वास रहेको बताए। बच्चै देखि खेल र दौडमा अब्बल संगीता बाबुको सपना पुरा गर्न सशस्त्र प्रहरीमा आबद्ध भइन्। विगत आठ वर्ष देखि सशस्त्र प्रहरीमा आबद्ध संगीताले बक्सिङ खेल्न थालेको ६ वर्ष भयो। अहिले रजतमा चित्त

बुझाउन परेपनि स्वर्णको लागि आफूले हार चाँहि नमानेको उनकाे भनाइ छ। ‘अहिले मेरा कमजोरीहरूलाई समीक्षा गरेर अर्को पटक देशको लागि स्वर्ण जित्ने आशा भने मारीसकेकी छैन’ उनले थपिन्। कास्की ढुकुरपोखरी स्थायी घर हो उनको। छोरीको खेल हेर्न आएका रत्न छोरीको हारले कहि न कहि भने विचलित छन्। तर छोरीले गरेको कामले र प्राप्तिका कारण उनले आफ्नो गाउँका व्यक्तिहरूले सम्मानको नजरले हेर्ने गरेको खुशी साटे। सोमबार पनि उनी आफ्नी छोरीले खेल जितोस् भन्ने चाहन्थे। तर खेल आफुले चाहे अनुरूप नभएपनि रजत जितेकोमा उनी

खुशी देखिए। ‘आफु कहिले गाउँ जाउँ भएकोछ। छोरीको सफलताको उसकी आमालाई सुनाउदाँ कति खुशी हुन्छे होला।गाउँले कति खुशी हुन्छन् होला’, उनले थपे, ‘टिभी हेरेर थाहा पो पाइसकेकी।‘ गाउँमा संगीता मात्र यस्ति भाग्यमानी हुन् जसले सपना देख्नुपर्छ भन्ने बुबा पाइन्। रत्न तिनै बुबा हुन् जसले सपना उडान भर्न हिम्मत दिए। खुला आकाश दिए। आफुले गाउँमा छोराछोरीमा केही भिन्नता छैन्। अबसर दियो भन्ने

गरेपनि कसैले सुन्न नचाहेको बताए उनले। ‘मेरा कुरा सुनेको भए संगीता हार्दा पनि त्यही गाउँबाट अर्को स्वर्ण जित्न पो सक्थे की‘ उनले भने। उनले अर्को पाटोबारे पनि बोले। पहिले–पहिले दलित भनेर हेप्नेहरूले पनि अहिले आफूहरूलाई गर्ने व्यवहारमा परिवर्तन आएको बताए। ‘खै

कस्ले के का लागि जात बनायो। तर यसले आफुहरूले खुबै हेप्याई सहनुपर्यो‘, उनले आँशु पुछ्दै भने, ‘ जब छोरीले १२औं सागबाट खेल खेल्न थाली गाउँलेहरू खुशी भए। त्यस माथि देशका लागि लडिरहदँदा कथित उपल्लो जातिले पनि आफूलाई हेप्न भन्दा पनि नजिक हुन थालेका छन्।‘ आफ्ना सन्तान क्षमतावान बन्दै जादाँ हेपाई पनि कम हुदैँ गएको उनले अनुभव साटे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *