सासु बुहारीको सम्बन्धः जया आफ्नी बुहारी ऐश्वर्याबारे यस्तो सोच्छिन्

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या रायले जब अभिषेक बच्चनसँग विवाह गरिन् तब धेरैले सोचेका थिए कडा स्वभावकी जया बच्चनका कारण अभिषेक र ऐश्वर्याको सम्बन्ध धेरै लामो समय टिक्दैन ।तर, विवाह गरेको यतिधेरै वर्ष बितिसकेको छ सासु जया र बुहारी ऐश्वर्याको सम्बन्धबारे जस्तोसुकै हल्ला चलेपनि उनीहरुबीच सुमधुर सम्बन्ध रहेको बताइन्छ ।

ऐश्वर्याले गरेका कतिपय कामलाई सासु जयाले खुलेरै कटाक्ष गरेकी छिन् । जसलाई ऐश्वर्याले सहज रुपमा लिने गरेकी छिन् । सन् २०१० मा जया बच्चन एउटा सारीमा देखिइन् । सन् २०११ मा सोही सारी लगाएर ऐश्वर्या एक कार्यक्रममा देखिइन् । सन् २०१४ मा पुनः जया सोही सारीमा देखिइन् । यसले पनि उनीहरुबीच राम्रो सम्बन्ध रहेको बताइन्छ । तर, फिल्म ऐ दिल है मुस्किलका कारण बच्चन परिवारमा विवाद मच्चिएको बारे अमिताभले मुख खोलेका थिए । ऐश्वर्या र जयाले यसबारे केही पनि बोलेका थिएनन् ।

फिल्म सराबजितबाट जब ऐश्वर्याले कमव्याक गरिन् तब सासु जयाको अँगालोमा भावुक हुँदै ऐश्वर्या लुटुपुटु भएकी थिइन् । ऐश्वर्याको तारिफ गर्न जयाले कुनै कसर बाँकी राखेकी छैनन् । उनले छोरी आराध्यालाई हुर्काउन ऐश्वर्याले खेलेको भुमिकालाई लिएर उनले खुबै तारिफ गरेकी थिइन् ।

उनले एक कार्यक्रममा भनेकी थिइन्,‘ऐश्वर्यालाई म एकदमै माया गर्छु । उसलाई मैले अभिषेकसँग विवाह गर्नु पुर्व नै चिनेकी थिए । उसलाई सधै माया गर्ने व्यक्तिमा म पर्छु । उनी मेरो कुरा सुन्छिन् र मनन पनि गर्छिन् । त्यसले पनि मलाई उनीसँग कुरा राख्न सहज बनाउने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *