दुवै खुट्टा गुमाएकी प्रकृतिको प्रश्न: ‘ममी ! म अब स्कुल जान सक्छु ?’

मलाई किन यहाँ राखेको ? मलाई के भएको हो ? हामी सँगै किन नबसेको ? भाइबहिनी कहाँ छन् ? म अब स्कुल जान सक्छु त ममी ?’दुवै खुट्टा गु’माएकी प्रकृतिलाई आफ्नो खुट्टाको भन्दा पनि पढाइको चिन्ता ज्यादा छ ।

बी एन्ड बी हस्पिटलको आईसीयूको शय्यामा छिन् उनी । त्रिभुवन उच्च मावि कोहलपुरमा ७ कक्षामा अध्ययनरत १२ वर्षीया प्रकृति चन्दले बिहान होसमा आएपछि प्रश्न गर्दा ममी भगवती शाही भावुक भइन् । भगवती केही जवाफ दिन सक्दिनन् र अर्कोपट्टि फर्किएर आँशु लुकाउन खोज्छिन् ।

छोरीले सोधेका प्रश्नको उत्तर दिने हिम्मतसमेत उनीसँग छैन । छोरीले खुट्टा गुमाएसँगै उनको पनि होस हवास उडेको छ । छोरीलाई घाउले जति पोल्छ, त्यति भगवतीको मुटु चस्किन्छ । आँखामा आँशु छचल्किन्छ ।

आइतबार प्रकृति चन्द सदाझैं किताब कापी बोकेर स्कुल निस्किइन् । अलि ढिला भएकाले कोहलपुरमा बुबाममीले सञ्चालन गरेको खाजाघरमा खान आएका एक विद्यार्थीकै स्कुटरमा प्रकृति स्कुल लागिन् । स्कुल गेटअगाडि प्रकृति ओर्लिइन् । स्कुलको नजिकै पर्छ हाइवे ।

बतासिएर आएको ना२ख ९४५९ नम्बरको ट्रकले प्रकृतिलाई ठक्कर दियो । प्रकृति अचेत भइन् । ट्रकले ब्याक गरेर किच्न खोज्दै थियो । एकाएक कोलाहल मच्चियो ।

दुर्घ’ट’नास्थलबाट नजिकै पर्छ प्रकृतिको बुबाआमाको खाजाघर । बुबा नगेन्द्र दु’र्घटना’स्थलमा पुगे । उनी आत्तिए । चि’च्याउन थाले । रुवाबासी चल्यो ।

प्रकृतिको छु’ट्टिएको खुट्टा लिएर कोहलपुर मेडिकल कलेजमा बुबा नगेन्द्र पुगे । उनले मूच्छित अवस्थाकी छोरीलाई अस्पताल पुर्‍याए आकस्मिक कक्षमा रहेकी छोरीलाई आमा भगवतीले हेर्न सकिनन् । उनी बेहोस भइन् । अस्पतालको आकस्मिक कक्षमा आर्तहरूको आवाजले सबै स्तब्ध भए ।

डाक्टरले थप उपचारका लागि काठमाडौं लैजान सुझाए ।

तर, आमाबुवा छोरीसँगै काठमाडौं आउन सकेनन् । छिमेकी वैकुण्ठ गिरीको साथमा प्रकृतिलाई काठमाडौं ल्याइयो ।‘हतारहतार हेलिकोप्टरबाट काठमाडौंको बी एन्ड बी अस्पताल ल्याइयो । छोरीको खुट्टा जोडिन्छ कि भन्ने झिनो आशा थियो प्रकृतिका अभिभावको । विडम्बना, छोरीको खुट्टा जोड्न सकिएन । थिलिएको सबै भाग का ट्नुपर्‍यो,’ आमा भगवती दुःखको सुस्केरा हाल्छिन् ।

आइतबार राति नै डाक्टरले उनको शल्यक्रिया गरे ।

आईसीयूको अगाडि रहेकी भगवती कति बेला डाक्टरले के खबर ल्याऊलान् भनेर प्रतीक्षामा बसेकी छन् ।घरी औषधि चाहियो, घरी रगत चाहियो । जब भित्रबाट रगत र औषधि माग्छन् । तब उनी अत्तालिन्छिन्, छोरीलाई केही त भएको होइन भनेर ? आईसीयूभित्र छोरी बे’होस छिन्, बाहिर आमा छटपटाइरहेकी छन् ।

‘छोरीलाई ठीक त हुन्छ नि ?,’ डाक्टरलाई सोध्छिन् ।

‘नआत्तिनुस्, अब केही पनि हुँदैन’ भन्ने डाक्टरको आवाजले फेरि आफूलाई सम्हाल्न खोज्छिन् ।तेक्वान्दो खेलाडी बन्ने सपना प्रकृतिको तेकान्दो खेलाडी बन्ने सपना थियो । ‘केही दिनअघि छोरीले तेक्वान्दो खेलाडी बन्छु । म सिक्न जाऊँ ममी भनेकी थिई । दुई दिन पनि नहुँदै छोरीको खुट्टासँगै उनको तेक्वान्दो खेलाडी बन्ने सपना पनि चकनाचुर भयो,’ उनी भावशून्य हुन्छिन् ।अतिरिक्त क्रियाकलापमा अब्बल थिइन् प्रकृति । स्कुलमा सांस्कृतिक कार्यक्रम हुँदा डान्ससमेत गर्थिन् ।

अनि आन्दोलन

प्रकृतिलाई ठक्कर दिएसँगै स्कुलका विद्यार्थी आन्दोलित भए । उक्त ट्रकमा आगजानी गरे । साथीलाई ठक्कर दिएपछि विद्यार्थीहरू आगजनीमा उत्रिए । अनि कलिला बालबालिकामाथि प्रहरी प्रशासन जाइलाग्यो । प्रदर्शन बढ्दै गएपछि प्रहरीले रबरका गोली र अश्रु ग्यास प्रहार गर्‍यो । विद्यार्थीहरू घाइते भए । घाइते भएका आठ जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । दुई जनाको अवस्था गम्भीर छ ।

उपचारमा समस्या

आइतबार नै अप्रेसन गरेको प्रकृतिको उपचारमा अहिलेसम्म ९ लाख खर्च भइसकेको छ । ‘ट्रक मालिक अहिलेसम्म सम्पर्कमा आएका छैनन् । कसरी उपचार खर्च जुटाउने भन्ने तनाव भएको छ,’ भगवती भन्छिन् । डाक्टरले अझै डेढ महिना अस्पतालमै राख्नुपर्ने बताएका छन् ।

आइतबारदेखि न भोक न निन्द्रा । भगवतीको परिवारमा सन्नाटा छाएको छ । छोरीलाई खुट्टा छैन भन्ने थाहा छैन । थाहा पाएपछि के भनेर सम्झाउने ? छोरीको भविष्य सम्झेर रनभुल्नमा पर्छिन् आमा भगवती । (शिलापत्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *