फाइनल खेलको पहिलो हाफमा १-१ को बराबरी

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनल खेलको पहिलो हाफमा नेपाल-भुटानले बराबरी खेलेका छन् ।मंगलबार त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालका लागि अभिषेक रिजालले पहिलो गोल गरेका थिए । उनले खेलको १७ औं मिनेटमा पहिलो गोल गरेका हुन् ।

खेलको ३८ औं‌ मिनेटमा भुटानले जवाफी गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो । भुटानका लागि कप्तान चेम्भो ग्याल्चेनले नेपाललाई बराबरी गोल फर्काएका हुन् ।

यसअघि नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो । नेपाल १२ औं सागको स्वर्ण विजेता हो । नेपालले १२ औं सागमा भारतको भूमिमा भारतलाई नै पराजित गर्दै स्वर्ण जितेको थियो । भारत यस संस्करणको फुटबलमा सहभागी छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *