यी हुन् अमिताभले अभिनय गरेर पनि कहिल्यै रिलिज नभएका फिल्म

मुम्बई । बिगबीका उपाधिले परिचित अमिताभ बच्चन भारतका सम्भव त सबै भन्दा चर्चित अभिनेता मानिन्छन् । उनले अभिनय गरेका दर्जनौ फिल्मले हिटको उपाधी पाएका छन् ।

उनका केही फिल्म यस्ता पनि छन् अभिनय त गरे तर, कहिल्यै रिलिज भएन । कुनै फिल्मको केही दृष्य मात्रै सुटिङ भएको थियो भने, केही फिल्मको सुटिङ पुरा भएर पनि प्रदर्शन हुन सकेको थिएन । हेरौं अमिताभ अभिनित डिब्बामा बन्द भएका फिल्म कुन कुन रहेछन् :

शिवा (१९७०) : सन १९७० मा हिन्दी फिल्म शिवा बन्ने वाला थियो । यसमा अमिताभ बच्चनले मुख्य भुमिका निर्वाह गर्ने योजना थियो । तर, शिवा कहिल्यै हलमा प्रदर्शन भएन ।

यार मेरी जिन्दगी (१९७१) : हिन्दी चलचित्र ‘यार मेरी जिन्दगी’ निर्माणमा लगभग ३५ वर्ष लाग्यो । फिल्मको निर्देशन अशोक गुप्ताले गरेका थिए । यसमा अमिताभ बच्चन र शत्रुघन सिन्हाले मुख्य भुमिका निर्वाह गरेका थिए । फिल्म रिलिज त भयो तर, नाममात्रको सिनमा घरमा ।

अपना पराया (१९७२) : अमिताभ बच्चन र रेखालाई लिएर अपना पराया बन्नेवाला थियो । केही दृष्य सुट गर्ने बित्तिकै फिल्म डब्बामा बन्द भयो । यसपछि अमिताभ–रेखा दो अनजानेमा सँगै देखिए ।

खुदा गवाह (१९७८): तपाईलाई लाग्न सक्छ खुदा गवाह रिलिज भैसक्यो । तर, सन १९७८ मा बनेको खुदा गवाह अहिलेसम्म रिलिज भएको छैन । अमिताभ बच्चन र परवीन भाभी अभिनित यस फिल्मको निर्देशन मनमोहन देसाईले निर्देशन गरेका थिए । जुन फिल्म अहिलेसम्म रिलिज भएको छैन ।

सरफरोश (१९७९) : निर्देशक मनमोहन देसाईले १९९७ मा अमिताभ बच्चनलाई लिएर ‘सरफरोश’ बनाएका थिए । अमिताभको साथै परवीन भाभी, ऋषि कपुर,कादर खान, शक्ति कपुरलगायतले अभिनय गरेका थिए । तर, यो फिल्म रिलिज हुन सकेन ।

टाइगर (१९८०ं) : निर्देशक राकेश कुमारले १९८० मा अमिताभ बच्चनलाई लिएर हिन्दी फिल्म ‘टाइगर’ सुरु गरेका थिए । यस फिल्ममा अमिताभको साथमा सञ्जीव कुमार, रेखा र वहिदा रहमानले मुख्य भुमिका निर्वाह गरेका थिए । निर्माता र कलाकारविचको विवादले फिल्म रिलिज रोकिएको थियो ।

खबरदार (१९८४) : यदि खबरदार रिलिज भएको भए कमल हसन र अमिताभ बच्चनलाई दर्शकले एकसाथ हेर्न पाउथे । टि रामाराव निर्देशित खबरदार रिलिज नभएकाले उनीहरुले जोडी भएर अभिनय गरेको हेर्न गिरफ्तार पर्खिनु प-यो ।

देवा (१९८७) : बलिउडका शो म्यान सुभाष घइको साथ अमिताभ बच्चनका फिल्म दर्शकसामु आएन । देवाको एक हप्ता सुटिङ गरेपछि रोकिएको थियो ।

शिनाख्त (१९८८) : निर्देशक टिनाले अमिताभ बच्चन र माधुरी दिक्षितलाई लिएर शिनाख्त बनाएका थिए । केही दृष्य सुटिङ गरेपछि यो फिल्म पनि रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *