‘साग’ मा नेपाली खेलाडीको प्रदर्शन उच्चकोटीको भन्दै पूर्व राजा शाहद्वारा प्रशंसा

काठमाडौ। पूर्व राजा ज्ञानेन्द्र शाहले १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाली खेलाडीहरुको उच्चकोटीको प्रदर्शनको प्रशंसा गरेका छन्। उनले मुलुकलाई दिलाएको सफलताप्रति खेलाडीहरुलाई बधाई ज्ञापन पनि गरेका छन् ।

आज (मंगलबार) साँझ एक विज्ञप्ती जारी गर्दै पूर्व राजा शाहले खेलाडीले दिलाएको सफलताले आफु पनि हर्षित बनेको उल्लेख गर्दै नेपालले खेल क्षेत्रमा गरेको विकासका लागि पनि शुभकामना दिएका छन् ।

उनले आगामी दिनहरुमा पनि नेपाली खेलाडीहरुले खेलकुद क्षेत्रमा यस्तै सफलता कायम राख्न सकुन भन्ने कामना गर्दै १३ औं साग खेलकुद सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक एवं व्यवस्थापक सबैप्रति पनि आभार व्यक्त गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *