नियमित डायलासिसका लागि प्रधानमन्त्री ओली मनमोहनमा, आजै फर्कने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिसका लागि अस्पताल गएका छन् । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा डायलासिसका लागि उनी गएका हुन् ।

प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि आज साँझ साढे ७ बजे अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । प्रधानमन्त्री डायलासिस सकेर आजै प्रधानमन्त्री निवास फर्कने पनि उनले जनाए ।

प्रधानमन्त्री ओलीको गत मङ्सिर १० गते मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । उनी उपचारपछि १९ मंसिरमा अस्पतालबाट डिस्चार्ज भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *