समूह चरणबाटै घर फर्किन बाध्य भयो अजाक्स

गत सिजनको सेमिफाइनलिस्ट डच क्लप अजाक्स यस सिजनमा समूह चरणबाटै घर फर्किन बाध्य भएको छ।च्याम्पियन्स लिग फुटबल अन्तरगत मंगलबार राती भएको खेलमा स्पेनिस क्लब भ्यालेन्सियासँग १-० ले पराजित भएपछि टोली समूह चरणमै निराश हुनुपरेको हो।

भ्यालेन्सियाको जितमा रोड्रिगोले खेलको २४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। समूह ‘एच’ अन्तरगत भएको खेलमा अजाक्समाथि हिजोको खेल जित्नैपर्ने अवस्था थियो।

च्याम्पियन्स लिगको यस सिजनमा घरेलु मैदानमा चेल्सी र भ्यालेन्सियासँगको हार र ४-४ गोलको बराबरी नतिजाले अजाक्सलाई समूह चरणमै सिमित गरिदिएको हो।यस समूहबाट भ्यालेन्सिया र चेल्सी अघिल्लो चरण पुगेका छन्।

चेल्सीलाई राहत, उपविजेता बन्दै अर्को चरणमा प्रवेश

काठमाडौँ, २५ मंसिर । गएराति भएको च्याम्पियन्स लिगमा चेल्सीले लिलीलाई २-१ गोलले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ ।यस सिजन सन्तुलित खेल खेल्न नसकिरहेको चेल्सीलाई यो जितले राहत दिएको छ ।

चेल्सीलाई जित दिलाउन ट्यामी अब्राहम र सेजर एजपिलीक्युटाले एकएक गोल गरे ।लिलीका लागि लोइक रेमीले एकमात्र गोल फर्काउन सफल भए । चेल्सी ११ अंकसहित समुह विजेता बन्दै अर्को चरणामा प्रवेश गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *