सागमा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्रीले पुरस्कार घोषणा गर्ने

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता नेपाली खेलाडीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् ।

स्वास्थ्यका कारण सागको उद्घाटन र समापन समारोहमा अनुपस्थित भएका प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बालुवाटार बोलाएका हुन् । दिउँसो दुई बजे बधाई दिन प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बालुवाटार बोलाएका हुन् ।

मंगलबार साँझ दशरथ रंगशालामा भएको समापन समारोहमा प्रधानमन्त्री ओलीले भिडियो सन्देश दिएर बधाई दिएका थिए ।तर, आज भेटेर प्रधानमन्त्री ओलीले पुरस्कार समेत घोषणा गर्ने तयारी गरेको उनका सचिवालयले जनाएको छ ।

भुटानले ताेड्ला ३७ वर्षे इतिहास ?

१३ औं साग अन्तर्गत फुटबल खेलको स्वर्ण पदकको लागि केही बेरपछि आयोजक राष्ट्र नेपाल र भूटानबीच फाइनल खेल हुँदैछ ।नेपालले तेस्रो पटक साग फुटबल उपाधिका लागि खेल्दैछ भने भुटान पहिलोपटक फाइनलमा प्रवेश गरेको हो ।

नेपाललाई पराजित गरे भुटान इतिहास रच्दैं दक्षिण एशियाको नयाँ फुटबल शक्ति राष्ट्र बन्नेछ ।तर, लिग चरणमा भने भुटानको यही टोली नेपालसँग ४–० ले पराजित भयो ।जारी सागमा नेपाल अपराजित टोली हो । नेपालले श्रीलंकासँग बराबरी गरेको थियो भने भुटानले भने नेपाल बाहेक सबै देशलाई पराजित गरेको थियो ।

पुरानो प्रतिद्धन्द्धी

भुटान र नेपाल सम्भवतः सबैभन्दा पुराना मध्येका फुटबल प्रतिस्पर्धी हुन् ।भुटानले सन् १९८२ अप्रिल १ मा नेपालसँग अहिलेकै दशरथ रंगशालामा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो, जसमा ३–१ ले नेपाल विजयी भएको थियो ।त्यस यता दुई देश बीच भएको १४ खेलमा नेपाल अविजित छ । भूटानलाई आज ३७ वर्ष पछिको बदला लिने मौका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *