सिभिल बैंकको एटिएम फोडेर रकम लुट्ने प्रयास असफल

लहान, २५ मङ्सिर । सिरहाको लहानस्थित सिभिल बैंकको एटिएम लुट्ने लुटेराहरुको प्रयास असफल भएको छ ।लहान नगरपालिका–४ स्थित कृष्ण गुप्ताको घरको भूइँतलमा रहेको बैंकको एटिएम फोडेर केही व्यक्तिले लुटपाट गर्न खोजेका थिए ।

राति सटर बन्द गरिएको अवस्थामा एटीएम लुट्ने प्रयास भएको हो । लुटेराहरुले एटिएमको सटरमा प्वाल पारेर भित्र छिरी एटिएम लुट्न खोजेका थिए । तर, नसकेपछि उनीहरु त्यहाँबाट भागेका प्रहरीले जनाएको छ ।

सिभिल बैंकको लहान शाखाका प्रबन्धक सरोज घिमिरेले एटिएम मेशिनमा राखिएको सबै रकम सुरक्षित फेला पारिएको जानकारी दिए ।एटिएम मेशिनमा करिब १५ लाख रुपैयाँ राखिएको थियो । बैंकमा कार्यरत एक कर्मचारीका अनुसार घटनास्थलको अवस्था हेर्दा लुटेराहरुले मेसिन नै फोडेर रकम लुट्न खोजेका थिए । तर, एटिएमको लक तोड्न नसकेपछि लुटेराहरु त्यहाँबाट भागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *