प्रधानमन्त्रीले ‘सरप्राइज’ दिन सागमा पदक विजेता खेलाडीहरुलाई बोलाए बालुवाटार

काठमाडौं, २५ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्री केपी ओलीले बालुवाटार बोलाएका छन् । यस अघि नै प्रधानमन्त्री ओलीले विजेता खेलाडीलाई सरप्राइज कार्यक्रम घोषणा गर्ने बताएका थिए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिउँसो सवा २ वजे पदक विजेता खेलाडीहरुलाई आमन्त्रण गरिएको जानकारी दिएका छन् ।

सागमा स्वर्ण, रजत र कास्य पदक विजेता नेपाली खेलाडीहरुलाई प्रधानमन्त्री ओलीले बधाई दिन बालुवाटार आमन्त्रण गरेका हुन् । नेपाल सरकारले राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीहरूको सम्मानमा प्रधानमन्त्रीले सम्बोधन गर्ने थापाले ट्वीटर मार्फत जानकारी दिएका छन् । साथै उनले खेलाडीका लागि सरप्राइज प्याकेज घोषणा गर्ने समेत बताएका छन् । १३औं सागमा नेपालले ५१ स्वर्ण जित्दै दोस्रो भएको छ । नेपालको रजत र कास्यको संख्या क्रमशः ६० र ९५ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *