छोरी दिव्या पनि दिलिप रायमाझीकै बाटोमा

काठमाडौं– हास्य कलाकार शिवहरी पौडेलको निर्माण र निर्देशनमा बन्न लागेको चलचित्रमा अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले अभिनय गर्ने पक्का भएको छ ।

दिव्या हास्य कलाकार शिवहरीले निर्माण गर्न लागको चलचित्र ‘लक्का जवान’को अभिनेत्रीमा फाइनल भएकी हुन् । दिव्याका लागि यो पहिलो चलचित्र हो । चलचित्रको सह-निर्माताका रुपमा किरण र अभिनेता दिलिप रायमाझी रहनेछन् ।

आमा बंगलामुखी फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्ममा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ । फिल्म पारिवारिक तथा कमेडी कथामा निर्माण हुने निर्माण पक्षले जनाएको छ ।

चलचित्रका विषयमा निर्देशक शिवहरीले भने, ‘हो, हामीले दिव्यालाई फिल्मबाट डेब्यू गराउने पहल गरिरहेका छौं ।’उनी अहिले अमेरिकामा छिन् । दिव्याले पनि फिल्ममा प्रवेश गर्ने इच्छा देखाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *