गलातासारेलाई ५-० ले हराउँदै पीएसजी नकआउट चरणमा

काठमाडौं– फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) अपराजित रहँदै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।समूह चरणमा अपराजित हुने कीर्तिमान कायम गर्ने क्रममा पीएसजीले गलातासारेलाई ५–० गोल अन्तरले हरायो ।

मौरो ईकार्डीले दिलाएको अग्रतालाई पाब्लो सर्वियाले दोब्बर बनाउने काम गरेका थिए ।दोस्रो हाफको पहिलो मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए । यस सिजनको च्याम्पियन्स लिगमा नेयमारको पहिलो गोल हो ।केलियन एमबाप्पले ६३ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए ।

खेल सकिन ६ मिनेट अघि ईडिन्सन काभानीले पेनाल्टीमा गोल गर्दै ५–० को प्रभावशाली जित दिलाए ।पीएसजीले समूह एको दोस्रो स्थानमा रहेको रियल मड्रिडसंग ५ अंकको अग्रता सहित अन्तिम १६ मा प्रवेश गर्‍यो।गलातासारे समूहको अन्तिममा रहँदै प्रतियोगिताको अन्त्य गर्‍यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *