प्रचण्डको जन्मदिनमा जनयुद्धकाल सम्झिदै डा. बाबुराम भट्टराईले दिए यस्तो उपहार

काठमाडौं – सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आज बिहिबार जन्मदिन परेको छ । उनको बुधबार अंग्रेजी मितिअनुसार डिसेम्बर ११मा जन्मदिन परेको हो तर विक्रम सम्वतअनुसार बिहीबार मंसिर २६ गते जन्मदिन परेको छ । आज बिहानैदेखी जन्मदिनको अवसरमा उनलाई पार्टीका कार्यकर्ता तथा उनका शुभचिन्तकले शुभकामना दिएका छन् । यसैक्रममा उनको जन्मदिनको अवसरमा पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले जन्मदिनको शुभकामना दिएका छन् ।

उनले बुधबार राती नै जनयुद्धकालमा गरिब जनतासँग आफू र प्रचण्ड उपस्थित तस्बिर आफ्नो फेसबुकमा राख्दै शुभकामना दिएका छन् । प्रचण्डलाई जन्मदिनको सांकेतिक शुभकामना दिँदै आँफुहरुले तत्कालिन समयमा खिचेको तस्विर उनले फेसबुकमा शेयर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *