आरोपहरूका बारेमा दया र सौगातको जवाफ- सबै कुरा हाम्रो हातमा हुँदैन

दयाहाङ राईले सौगात मल्ललाई गुरुकुलको डाँडामा पहिलो पटक देखेका थिए।जात सोध्नु जोगीको’ नाटकमा गरेको कामपछि राम्रो कलाकार भनेर सौगात दयाको दिमागमा बस्न थालेका थिए।त्यस्तै दयालाई सौगातले धेरै पहिला नै चिनेको भएपनि ‘बुर्की’ नाटकमा गरेको काम हेरेपछि ‘राम्रा अभिनेता रहेछन्’ भनेर चिन्न थालेका हुन।सौगात त्यही नाटकपछि आफूले दया कुन नाटकमा छन् भनेर खोज्न थालेको सम्झन्छन्।समयक्रममा उनीहरूले रंगमंचमा आफ्नै प्रकारको स्थान र चर्चा कमाए।

रंगमंचको परिधिबाट उनीहरूको चर्चा ‘लुट’ सिनेमापछि थप व्यापक भयो। उनी नाटकका सिमित दर्शकबाट उनीहरू ‘हाकु काले’ र ‘गोफ्ले’का रूपमा व्यापक दर्शकहरू माझ पुगे।दयाहाङ राई र सौगात मल्ल भन्ने बित्तिकै रंगमंच र सिनेमाका कुशल कलाकारको परिचय स्थापित भइहाल्छ। लुट’ यता नेपाली सिनेमामा उनीहरू महत्वपूर्ण अभिनेताका रुपमा स्थापित भइसकेका छन्।

सिनेमामा उनीहरूको प्रवेश र सफलताले त्यसअघि नेपाली सिनेमाको कथामा प्रमुख पात्र हुन केही निश्चित सौन्दर्यका मापदण्ड हुनैपर्ने आधारलाई भत्काउँदै नयाँ आधार खडा गर्‍यो।

उनीहरूको आगमनले परिवर्तनमा बाटोमा भर्खर हिँड्न लागेको नेपाली सिनेमामा सुरुमा केही ‘रिजर्भेसन’ पायो। उनीहरूको आगमनलाई हौस्याइयो, स्वागत गरियो।तर जसै उनीहरूका सिनेमाका संख्याहरू बढे तसै ‘राजेश हमाल’को पुनरावृत्ति, पैसामात्र हेर्ने र सिनेमाको गुणस्तरमा सम्झौता गर्ने कलाकारका रूपमा उनीहरूको आलोचना हुन थाल्यो, जुन आज पनि जारी छ।

उनीहरूको अभिनयमा कसैलाई शंका त छैन तर आजको दिनमा उनीहरूको सिनेमाको छनौट र तिनका परिणामहरूका लागि आरोपित र आलोचित भइरहेका छन्।

यिनका बाबजुत पनि आजको दिनमा सौगात र दया आफूले रोजेको चाहेको बाटो हिँड्न पाएकोमा खुशी छन्।यो कुरामा सन्तुष्ट छु की आफूले चाहेको काम गर्न पाइरहेको छु। सबैभन्दा ठूलो सन्तुष्टी यही रहेछ। सानो बच्चादेखि नै यही बन्छु मात्र भनेर सोचेको थिए। आज त्यही गरेको छु।

सानोमा हिरो बन्ने भयो, पछि अभिनय गर्ने भन्ने भयो होला। अहिले यही गर्दैछु, सबैभन्दा ठूलो खुशी त यही हो’, सौगात भन्छन्, पुर्ण सन्तुष्टी त कसरी भइएला र नभएरै अझ राम्रो काम गर्छु भन्ने हो। अहिले पनि कतिपय कुरा मिलेको देखिदैन्, अलिकति मेहेनत गरेको भए हुन्थ्यो त लागिरहन्छ। र ठ्याक्कै आफूले सोचेजस्तो र सहज हुँदैन भन्ने पनि थाहा छ।

सौगातकै कुरामा सहमत छन् दया।

मलाई पनि यस्तै यस्तै प्रश्नहरू आउँछन्। म पनि यस्तै-यस्तै उत्तरहरू दिन्थे तर ठ्याक्कै यो उत्तर होइन। अब बाँड्न सक्छु’, दयाले भने, ‘सिनेमा राम्रो भयो भने हामीले पनि जस पाउँदो रहेछौ र सबैभन्दा अपजस पाउने पनि, किनभने सबैभन्दा बढी आश नै हामीमाथि हुँदो रहेछ। अनि कोईकोई बेला सिनेमा सोचेजस्तो बन्दैन। किन बन्दैन भन्ने बारेमा तिमी-हामीलाई प्रस्टै थाहा छ। हामी हतारमा सिनेमा बनाउँछौं।’

यिनै आलोचना र उनीहरूको सिनेमा यात्रा तथा भोगाइका बारेमा सेतोपाटीले यी दुबै अभिनेतालाई एउटै फ्रेममा उभ्याउँदै एकअर्काबाट नै उनीहरूलाई खोतल्ने प्रयास गरेको छ।विस्तृत कुराकानीका लागि भिडिओ हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *