‘ए’ डिभिजन लिगको टिकट मूल्य कति ?

काठमाडौँ । शनिबारबाट सुरु हुन लागेको शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको टिकट मूल्य तोकिएको छ । एन्फाले एक विज्ञप्ती जारी गर्दै दशरथ रंगशालामा हुने खेलको टिकटको मूल्य उल्लेख गरेको हो ।

१४ क्लबको प्रतिस्पर्धा रहने प्रतियोगिताको एक खेल हेर्न दर्शकले साधरण प्याराफिटतर्फको लागि २ सय रुपैयाँ तथा भीआईपी प्याराफिटको लागि ५ सय रुपैयाँ तिर्नुपर्ने छ यस संस्करणको प्रतियोगिताको लागि एन्फाले बहुराष्ट्रिय कम्पनी कतार एयरवेजसँग प्रयोजन सम्झौता गरेको छ । सम्झौताको रकम १ लाख ५० हजार डलर रहेको छ ।फागुन ३ गतेसम्म संचालन हुने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

ग्रिजम्यान किन बार्सिलोना आए ?

एजेन्सी । बार्सिलोनाका खेलाडी एन्टोनियो ग्रिजम्यानले आफू बार्सिलोना आउनुको कारण खुलाएका छन् । यसै सिजन मात्र स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट बार्सिलोना गएका ग्रिजम्यानले आफू उपाधिको लागि बार्सिलोना आएको बताएका हुन् ।

युईएफए टिभीसँग कुरा गर्दै उनले भने ‘म कदापी एट्लेटिको छोड्ने थिइँन यदि एट्लेटिकोले च्याम्पियन्स वा अन्य केही उपाधि नजितेको भए । मैले नयाँ खेल शैली सिक्नका लागि पनि एट्लेटिको छोडेको हुँ । म अर्को टिममा रहेर फुटबलको नयाँ शैली सिक्न चाहन्थेँ । एट्लेटिकोले कुनै वर्ष ला लिगा र च्याम्पियन्स लिग जित्न सक्छ ।’

ग्रिजम्यानले कप्तान लियोनल मेसी र लुइस स्वारेजसँगको सम्बन्धको विषयलाई लिएर पनि बोले । उनले मेसी र स्वारेजसँग आफ्नो सम्बन्ध सुधार भइरहेको बताए । उनले भने, ‘मलाई नयाँ पोजिसन सिक्नु छ र मेरा नयाँ सहकर्मीलाई बुझ्नु पनि छ । अझै पनि मलाई मेसी र स्वारेजको चालसँग गाँसिनु छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *