अजयको १०० औं फिल्म ‘तानाजी : द अनसङ’ को नयाँ गीत ‘मय भवानी’ सार्वजनिक (भिडियो)

एजेन्सी – चर्चित अभिनेता अजय देवगन, काजोल र सैफ अली खान अभिनित फिल्म ‘तानाजी : द अनसङ’ वारियर को नयाँ गीत सार्वजनिक भएको छ । सन् २०२० को जनवरी २० मा रिलिज हुने तयारीमा रहेको यस फिल्मको ‘मय भवानी’ बोलको गीतको भिडियो बुधबार सार्वजनिक भएको हो । सार्वजनिक मय भवानी गीतको भिडियोमा अभिनेता अजय देवगन र काजोल देखिएका छन् ।

अभिनेता अजयको यो १०० औ फिल्म दर्शकले रुचाउने अपेक्षा गरिएको छ । यस फिल्मको ट्रेलर र ‘शंकरा रे शंकरा’ गीत पनि दर्शकले रुचाएका थिए । यस फिल्ममा अभिनेत्री काजोल पनि मराठी लुकमा देखिनेछिन् । ओम राउतले निर्देशन गरेको यस फिल्ममा अजय देवगण, सैफ अली खान र काजोलको मूख्य भुमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *