‘हाउसफूल ४’ : समिक्षा खराब, कमाइ मालामाल !

मुम्बई, २७ मङ्सिर । अक्षय कुमार र कृति सेनन स्टारर फिल्म ‘हाउसफूल ४’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । फरहाद सामजीको निर्देशनमा बनेको फिल्मले हालै रिलिज भएको आयुष्मान खुरानाको फिल्म ‘बाला’ लाई पनि टक्कर दिएको छ ।

यो फिल्मले पहिलो हप्ता १३५ करोड ८६ लाख कमाइ गरेको थियो भने दोस्रो हप्ता ४८ करोड ७५ लाख कमाएको थियो । फिल्मले अहिलेसम्म १ सय ८९ करोड ३६ लाख भारु कमाइ गरेको भारतीय मिडियाले जनाएका छन् ।

अक्षय कुमारको यो कमेडी फिल्मले खराब समीक्षा पाए पनि व्यापार भने गज्जबको गरेको छ । हाउसफूल सिरिजमध्ये यो सिरिज कमाइका हिसाबले अगाडि छ ‘हाउसफूल ४’ मा अक्षय कुमार, कृति सेननको साथमा कृति खरबन्दा, रितेश देशमुख, बबी देओल, पूजा हेगडे लगायतका कलाकारको शीर्ष अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *