युट्युबमा कार्टुन क्रुको ‘वार’, फ्यानहरुद्वारा गालीको वर्षा

काठमाडौँ । पछिल्लो केही हप्तायता नेपालको नृत्य क्षेत्रमा कहलाएको एउटा समूह ‘कार्टुन क्रु’को चर्चा निकै भइरहेको छ । उनिहरुले तयार गरेको गीत सँधै युट्युबको ट्रेन्डिङमा पर्ने गरेको थियो । यस पटक पनि उक्त समूहका सदस्यहरुले तयार गरेको भिडियो युट्युबको ट्रेन्डिङमा छ तर, ‘नकारात्मक सन्देश’का साथ । हो, यस पटक युट्युबमा अपलोड गरिएको भिडियोहरुमा फ्यानहरुले गालीको वर्षा गरेका छन् । यसको कारण हो ‘क्रु मेम्बर’हरु फुट्नु ।

केही वर्षअघि ७ जनाको समूहबाट ‘लिडर’ सविन कार्की निस्किए । उनी सरोजले आफूहरुलाई नृत्य भन्दा पनि क्यामेराम्यानको रुपमा ठानेको कारणले निस्किए भनिएको थियो । त्यतिबेला सविनलाई धेरैले गाली गरे किनकी उसलाई ‘मुख्य’ मानिस बन्नु रहेछ भन्ने भान दर्शक÷फ्यानहरुलाई परेको थियो । किनकी सविनले क्रु छोड्नेवित्तिकै आफ्नो युट्युब च्यानल खोलेका थिए । सविनपछि विकास राईले पनि केही वर्षअघि पढाईको बहानामा क्रु छोडे । तर,

हाल क्रुमा सरोज अधिकारी र आश्मा विश्वकर्मा मात्रै छन् । यसअघि साथ दिएका चार जना राम गुरुङ, लाक्पा लामा, सुविन चौहन र साजन चौहानले पनि क्रु छोडेको घोषणा मात्रै गरेका छैनन् उनीहरुले सरोज र आश्मालाई जवाफ दिँदै एक भिडियो समेत बनाएका छन् । उक्त भिडियोमा दोषजति सरोज र आश्मामाथि थोपरिएको छ । साथै, पूर्व सदस्यहरु सविन र विकासले क्रु छोड्नुको मुख्य कारण सरोज र आश्मा नै रहेको भान गराउन खोजिएको छ ।

पछिल्लो पटक क्रु छोड्नेहरुले आफूहरुलाई सँधै ब्याकराउड डान्सर बनाइएको र क्रु मा बसेर कुनै भविष्य नदेखेको कारणले छोडेको बताएका छन् । आफूहरु टिममा रहे पनि सँधै ‘हिरो हिरोइन’को पछाडि नाच्ने भन्ने खालको प्रतिक्रिया आउन थालेपछि आफूहरु बाध्य भएर क्रु छोड्नुपरेको रामले बताए । सरोजले आफूहरुलाई ब्याकराउडमा डान्स गरेको १०–१५ हजार दिने गरेको र अन्य त्यस्ता डान्सरहरुले २ हजार रुपैयाँ पाउने जस्तो तर्क सरोजले गर्ने गरेको बताइएको छ ।

त्यस्तै, स्टुडियो खोल्नको लागि निकै मेहनत गरेको भए पनि उक्त स्टुडियोबाट आम्दानी समेत नआएको अन्य सदस्यहरुले बताएका छन् । स्टुडियाको आम्दानीबारे सोधखोज गर्दा पनि यसबारेमा सरोजले जानकारी नदिने गरेको पनि आरोप छ । सुरुमा स्टुडियो चाँही ‘पकेट मनी’को लागि तथा म्युजिक भिडियो चाँही भविष्यको लागि भन्ने योजना बने पनि यस्तो नभएको उनीहरुको आरोप छ । सबैको शेयर बराबरी हुने भने पनि हाल स्टुडियो सरोजको नाममा रहेको र आफूहरुको पनि शेयर स्वामित्व नरहेको आरोप उनीहरुको छ ।

त्यस्तै, आश्माको नाममा युट्युब च्यानल रहेकोले हुने आम्दानी उसैको खातामा जाने गरेको आफूहरुले दशैं तथा तिहारजस्तो चाडमा समेत पैसा नपाएको । उनीहरुले चाँही अन्य म्युजिक भिडियोमा खेल्न हुने तर, हामीहरुलाई चाँही रोकतोक गर्दा समस्यामा परेको आरोप पछिल्लो समय क्रु छोड्नेहरुले लगाएका छन् उक्त भिडियो आएपछि दर्शकहरुले सारोज र आश्मालाई गाली गरेका छन् । राम्रो लिडरसिप नभएको र स्वार्थी बनेको भन्दै उनीहरुमाथि दर्शक खनिएका छन् ।

सरोज तथा आश्माले तयार गरेको भिडियो उनीहरुले आफूहरुको दोष नरहेको बताउन खोजे पनि दर्शकहरु यसलाई मान्न तयार छैनन् । उनीहरुले अन्य सदस्यहरुलाई सँधै ब्याकराउन्ड डान्सर बनाएको आरोप उनीहरुमाथि लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *