चर्चित कलाकार दिपक क्षेत्रीको दुखद नि’धन

काठमाडौं। चर्चित कलाकार दिपक क्षेत्री असामहिक नि’धन भएको छ । लामो समयदेखी घाँटीको क्या न्सरबाट पि’डि’त कलाकार क्षेत्रीको संसारभर रहेका नेपाली चलचित्रकर्मी, पत्रकार तथा दीपकका फ्यानहरुले सहयोग गरिरहेका थिए । तर उनको आज अचानक नि’धन भएको छ।

नि’धन भएका कलाकार क्षेत्रीको सव आज टिचिङ हस्पिटलमा राखिएको छ । उनको श्रीमती मलेसियामा रहेकाले उनी आइतबार नेपाल आएपछी मात्र कलाकार क्षेत्रीको अन्तिम संस्कार गरिने बताइएको छ ।

नेपालमा बन्न लागेको गिनिजबुकधारी कीर्तिमानीको संग्रहालय: संसारकै पहिलो

दीपेन्द्र राई गिनिजबुकमा नाम लेखाउने कीर्तिमानीको संग्रहालय आजसम्म बनेको छैन । संसारमै नभएको संग्रहालय नेपालमा बनाउन उल्टो मोटरसाइकलयात्री चित्र कार्कीले प्रयास थालेका छन् । उल्टो मोटरसाइकल चलाएर मेची–महाकाली गरी गिनिजबुकमा नाम लेखाएका कार्कीले संसारकै पहिलो कीर्तिमानी संग्रहालय बनाउन लागिपरेका छन् ।

‘गिनिजबुकमा नाम लेखाउनेले पाएका प्रमाणपत्र संग्रहालयमा राखिन्छन् । जीवितमात्रै नभएर, उपलब्ध भएसम्म दिवंगत कीर्तिमानीको प्रमाणपत्रसमेत राखिन्छन्,’ उनले जानकारी गराए, ‘जीवित र दिवंगतकाको आफन्तसँग सम्पर्क गरेर ती सामग्री संकलन गरिनेछ । संग्रहालयमा राख्ने भनेपछि अवश्य दिनुहोला । कीर्तिमानीको प्रमाणपत्र संग्रहालयमा राखिनु उहाँहरूका आफन्तका लागि पनि गौरवको विषय हो ।’

अरू  जीवित कीर्तिमानीका अडियो, भिडियो तयार पारिन्छन्,’ उनले थपे, ‘उहाँहरूको बायोग्राफीसमेत लेखेर राखिन्छ । गिनिजबुकमा नाम लेखाउन गरेको संघर्षको कथा पढ्न पढाउन सकिन्छ ।’ नेपालबाट तीन सयभन्दा बढीले गिनिजबुकमा नाम लेखाएका होलान् । ‘एकिन तथ्यांक छैन,’ उनले सुनाए, ‘संग्रहालय तयारी थालेपछि खोजी गरिनेछ । कतिपयसँग सम्पर्कमै छु ।

संग्रहालयका लागि धेरैभन्दा बढी जग्गा चाहिन्छ । कम्तीमा पनि पाँच रोपनी त चाहियो । आकर्षक संग्रहायलसहित सुन्दर बगैंचा, पार्किङस्थल, चमेनागृह, अध्ययन कक्षसम्म निर्माणको परिकल्पना गरिएको छ । ‘त्यतिमात्रै होइन, धेरै विधामा कीर्तिमानी राखेकाको मूर्ति बनाउनु त छँदै छ,’ उनले थपे, ‘मूर्ति नै मूर्तिको बगैंचासमेत बनाउनुपर्छ । संग्रहालय प्रवेशद्वार त्यत्तिकै आकर्षक हुनेछन् । नेपालकै ठूलो खुकुरी आकृतिको प्रवेशद्वार बनाइनेछ । प्रवेशद्वार पुग्नेले एकपटक फोटोसम्म त खिचोस् ।’

संग्रहालय बनाउन यत्ति नै लगानी चाहिएला भनेर उनले हिसाब–किताब गरेका छैनन् । तर, संग्रहालय देखाएरै लगानी फिर्ता गर्न सकिनेमा उनी ढुक्क छन् । संग्रहालयमा दुई कक्ष हुनेछन् । पहिलो– राष्ट्रिय कक्ष । दोस्रो– अन्तर्राष्ट्रिय कक्ष । नेपालबाट गिनिजबुकमा नाम लेखाउने सम्बन्धित कीर्तिमानीको प्रमाणपत्रलगायत अन्य सामग्री नेपाल कक्षमा राखिनेछन् । नेपालबाहिरका कीर्तिमानीको अन्तर्राष्ट्रिय कक्षमा राखिन्छन् । संग्रहालय खुलेपछि विदेशी कीर्तिमानीसमेत त्यहाँ आफूले हात पारेको प्रमाणपत्र राख्न हौसिनेछन् ।

संग्रहालय प्रवेशका लागि शुल्क तोकिनेछ । ‘संग्रहालयमा राखिने कुनै पनि सामग्री जस्ताको तस्तै रहने प्रविधि जडान गरिनुपर्छ,’ उनले प्रकाश पारे, ‘टिकट लिएर संग्रहालय प्रवेश गरेकालाई प्रमाणपत्रमात्रै देखाएर पुग्दैन । उहाँहरूले के हेर्न चाहनुहुन्छ, के जान्न चाहनुहुन्छ, त्यो उद्देश्य पूरा गरिनुपर्छ ।’

‘आफूले परिकल्पना गरेको कीर्तिमानी संग्रहालय विश्वमै उदाहरणीय बन्न सक्छ,’ उनको दाबी छ, ‘मलाई जानकारी भएसम्म संसारमा यस्तो संग्रहालय बनेको छैन ।’ नेपालमा यस्तो संग्रहालय बनाउन सके पर्यटन प्रवद्र्धन गर्न टेवा पुग्नेमा उनी विश्वस्त छन् । विभिन्न कामले नेपाल आएका पर्यटक कीर्तिमानी संग्रहालय हेर्न लालायित हुन्थे । ‘जसको प्रमाणपत्र राखिएका छन्,’ उनको दाबी छ, ‘सम्बन्धित कीर्तिमानीको परिवारले एकपटक संग्रहालय पुगिछाड्छन् ।’

कीर्तिमानधारी कार्कीले आफूले परिकल्पना गरेको संग्रहालयबारे विदेशी कीर्तिमानधारीलाई समेत सुनाइसकेका छन् । उनीहरूले सुखद कार्य भन्दै चाँडो काम थाल्न उनलाई सुझाएका छन् । शुभकार्यका लागि बधाइ दिने पनि त्यत्तिकै छन् ।

संग्रहालय निर्माणका लागि नेपाली साथीहरूसँग छलफल चलिरहेको छ । राजनीतिक नेताहरूलाई पनि सहयोग मागिएकै छ । ‘कीर्तिमानी संग्रहालय निर्माण गर्न सके गिनिजबुकको कार्यालय नेपालमै स्थापना गर्न सघाउ पुग्छ । सरकारबाट अलिकति पहल गर्नुपर्छ,’ चित्र कार्कीले दुःखेसो पोखे, ‘गिनिजबुकमा नाम लेखाउन चाहनेले फास्ट ट्र्याकबाट फाराम भर्दा ५ डलर लाग्छ । गाइडलाइनका लागि १ हजार डलर चाहिन्छ । जजसमेत विदेशबाटै बोलाउनुपर्यो । उनका लागि १२ हजार डलर बुझाउनुपर्छ । सबै पैसा विदेश गयो ।’

एकजना नेपालीले गिनिजबुकमा नाम लेखाउन झन्डै १३ लाख खर्च गर्नुपर्छ । नेपालमा कार्यालय नरहेपछि सबै पैसा बिदेसिन्छ । कीर्तिमानी संग्रहालय नेपालमै खुल्न सके त्यत्रो पैसा नेपालमै राख्न सकिने उनको ठम्याइ छ । ‘गिनिजबुकमा नाम लेखाउन सालिन्दा ५० हजारले फाराम भर्छन् । त्यसमध्ये ३५ हजारजनाले अवसर पाउँछन्,’ उनले सुनाए, ‘बाँकीको लगानी खेर जान्छ । त्यस्तोको लगानी जोगाउन पनि सकियो।’

एक्लैले संग्रहालय बनाउन सकिँदैन । संग्रहालय निर्माणका लागि सरकारको प्राथमिकतामा परे चाँडै बनाउन सकिन्छ । हामीचाहिँ माध्यम बन्न सक्छौं । (नागरिकखबर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *