करिश्मा मानन्धर र शान्ता चौधरी पहिलो पटक देखिए एउटै मन्चमा !

पोखरा, २९ मङ्सिर । सदाबहार नायिका करिश्मा मानन्धर र संसद शान्ता चौधरीले एकसाथ मचं शेयर गरेका छन् । बुक वर्म फाउन्डेसनले फेवाताल किनार बाराहीघाटमा आयोजना गरेको आठौं संस्करणको ‘आईएमई नेपाल लिटरेचर फेस्टिभल–२०१९’ मा उनीहरू दुवैलाई एकसाथ देखिएको हो ।

अध्ययनको भोक शीर्षक राखिएको फेस्टिभलमा मानन्धर र चौधरी दुवैले आफूहरूले पुनः अध्ययनलाई निरन्तरता दिनुको मुख्य कुरा जोड्दै पीएचडी गर्ने धोको रहेकोसम्म सुनाए । साथै उनीहरूले पठन अभिरुचिबारे समाजमा सचेतना जगाउनुपर्ने सन्देशसमेत दिए ।

पानीपछि घमाइलो बनेको मौसमबीच सांसद चौधरीले १८ वर्षसम्म कमलरी बस्नुपरेको कारण पढाइलाई बीचैलाई छोड्नुपरेकोे जानकारी दिँदै नपढेकै कारण संसद् भवनमा अपमानीत महसुस गरेको हुँदा अध्ययनको भोक जागेको बताइन् ।

उनले पहिलो दिन कक्षाकोठामा छिर्दा साना साना विद्यार्थीले आफूलाई म्याडम पढाउन आउनुभो भनी झुक्किएकोसम्म सुनाइन् । उनले भनिन्, अचेल महिनामा ४÷५ दिन बाहेक क्याम्पस जान पाउँदिनँ, तैपनि पढाइलाई निरन्तरता दिएकी छु किनकि मेरो पीएचडी गर्ने धोको छ ।’

त्यस्तै, अभिनेत्री मानन्धरले कक्षा ८ देखि पुनः विद्यालय भर्ना भई केही वर्ष पढाइप्रति ध्यान दिँदा राम्रै ढंगले एसईई उत्तीर्ण गर्न सफल भएको सुनाइन् । नेपाली फिल्मीनगरीमा सफल अभिनेत्री भइरहँदा बीचमा अमेरिका हानिनुको कारण सुनाउँदै उनले पुनः नेपाल कसरी फर्किएँ भन्नेसम्म सुनाइन् ।अमेरिकामा

एकदिन गाडीमा हिड्ने क्रममा कर्ण शाक्यको ‘सोच’ पढेको र त्यसमा मातृभूमि छोडेको मानिसले विदेशमा रहँदा नेमलेस, रुटलेस र फेसलेस गुमाउँछ भन्ने शाब्दिक अर्थले छुँदा स्वदेश फर्किएको सुनाइन् । फिल्म क्षेत्रमा व्यस्त रहँदा टुटेको पढाइलाई निरन्तरता दिएको स्पष्ट पारिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *