बच्चा जन्माउदा हुने पीडा यसरी महसुस गरे अक्षयले (भिडियो)

एजेन्सी – पछिल्लो समय अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘गुड न्यूज’ को निकै चर्चा छ। अभिनेता अक्षय कुमार र करीना कपूरको मुख्य अभिनय रहेको यस फिल्म २५ डिसेम्बर मा प्रदर्शनमा आउदैछ । अहिले अभिनेता अक्षय फिल्म ‘गुड न्यूज’ को प्रमोशनमा ब्यस्त छन् ।

सरोगेसीमा आधारित रहेर तयार पारिएको यस फिल्ममा अक्षय कुमार, दिलजीत दोसांझ, करीना कपूर, कियारा आडवाणी लगायतका कलाकारको अभिनय रहेको छ । यसैक्रममा हालै फिल्मको निर्माण कम्पनी धर्मा प्रोडक्सनले एक भिडियो सार्वजनिक गरेको छ ।

सार्वजनिक भिडियोमा अक्षय कुमार र दिलजित दोसांझ सुत्केरी हुँदाको पीडा महसुस गरेका छन् । उनीहरु सुत्केरी हुँदाको पीडा महसुस गर्न एट टेस्टमा सहभागी भए हुन् । यस उपकरणबाट बच्चा जन्माउने क्रममा हुँने पिडा महशुस हुन्छ । भिडियोमा यस उपकरण प्रयोग गरेपछी अक्षय र दिलजितले दुखाइ अनुभव गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *