सिन्धुपाल्चोक दु’र्घटनामा बाँच्न सफल यी नानीको आफन्त भेट्टाउन शक्दो शेयर गरौँ

सिन्धुपाल्चोक / सुनकोशीमा भएको बस दुर्घटनामा १४ जनाको ज्यान गएको छ । उक्त्त घटनामा एक वालिका भने जिउँदै रहेकी छन् । तर बालिकाको आमाको ज्यान गएको छ ।

बालिका आफ्नै बाबुले चलाएको गाडीमा आमाको काखमा बसेर यात्रा गरिरहेको थिइन । चालक बाबुकै लापरबाहीको कारण ब्रेक फेल भएर दुर्घटना भएको हो ।जसकारण अबोध वालिका अहिले मातृविहिन बनेकी छन्। गाडी दुर्घटना हुँदा आमाको निधन हुन पुगेको छ भने बाबु फरार छन्।

आज बिहान सुनकोशीको पाँचकिलोमा दोलखाबाट काठमाडौ आउँदै गरेको यात्रु्बस लामोसाघु जिरी सडक खण्ड अन्तर्गत पाँचकिलो मोडकमा दुर्घटना हुँदा ती बालिकाको आमा सहित अन्य १३ जनाको ज्यान गएको थियो ।

भक्तपुर च्यामासिंहमा चल्ने बस कालिञ्चोकबाट फर्कदै गरेको रिजर्भ बसको ब्रेक फेल हुँदा यात्रुबस मोडबाट करिब ५ सय मिटर तल खसेको थियो ।

बैठक छाडेर कांग्रेस नेता पौडेल पुगे पाथीभरा देवीको दर्शन गर्न

काठमाडौं । पार्टी केन्द्रीय कार्यसमितिको बैठक छाडेर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पाथीभरा देवीको दर्शन गर्न गएका छन् । उनी आइतबार बिहान ताप्लेजुङको प्रसिद्ध पाथीभरा देवीको दर्शन गएका हुन् ।

उनी परिवारका सदस्यसहित काठमाडौंबाट विराटनगर हुँदै ताप्लेजुङको पाथीभरा पुगेका हुन् । मंसिर २६ गतेदेखि सुरु पार्टीको बैठक पौडेल पक्षले बहिष्कार गर्दै आएको छ ।

पौडेल र सिटौला पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गरेपछि सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले शनिबार पौडेललाई उनकै निवासमा भेटेका थिए । तर, पौडेलले महाधिवेशनको कार्यतालिका सार्वजनिक नगरेसम्म बैठक बहिष्कार गर्ने अडान राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *