यस्ता हुन्छन् आइतबार जन्मेका मानिसहरु

काठमाडौं। कुनै पनि मानिसको व्यवहार र बोलिचाली जन्मेको बार अनुसार फरक हुने ज्योतिषशास्त्रमा बताइएको छ । ज्योतिषशास्त्र अनुसार मानिस जन्मेको जन्मबार, महिना र समयले नै उसका बानिब्यबहार निर्धारण गरिने गरिन्छ ।

ज्योतिषशास्त्रमा आइतबार जन्मने मानिसहरु निकै भाग्यमानी हुने बताइएको छ । आइतबार जन्मेका मानिसहरु अरुले भनेका कुराहरुलाई मनमा लिइरहने खालका हुन्छन् । उनीहरु अरुलाई सहयोग गर्न तुरुन्त अघि सर्ने खालका हुन्छन् ।

आइतबार जन्मेका मानिसहरु अरुलाई सहयोग गर्न तयार भएपनि झनक्क रिसाउने खालका भने हून्छन् । धेरै रिसाउने खालका हुने हुनाले यो बार जन्मेका मानिसहरुका साथि कम हुन्छन् ।

आइतबार जन्मेका मानिसहरु रिसाउने खालका भएपनि आफ्ना साथिलाई सम्मान गर्ने खालका हुन्छन् । यस दिन जन्मेका मानिसहरु सकारात्मक सोचका हुने गर्छन् । यीनीहरुको बैबाहिक जिबन पनि सुखमय र आयु पनि लामो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *