एक समय चौधरी ग्रुपको प्राङ्गनमा पछाडिबाट माओवादी,अगाडिबाट आर्मी छिर्थे: विनोद चौधरी

कास्की । सानो मुलुकमा साधारण परिवारमा जन्मेर ठुलो सपना बोक्ने मान्छेले समस्याको हिसाबकिताब गर्न लाग्यो भने कही पनि पुग्दैन । म तपाईंहरुलाई नर्थिस्टको कुरा सुनाउँछु । आजभन्दा करिब ४० वर्ष अगाडि, नर्थिस्टलाई चिकेन लेग पनि भन्छ । नर्थिस्ट भारतसंग जोडिएको छ । त्यस्को साह्रै नै उपेक्षित पार्ट इन्डिया हो । पोलिटिकल अनरेस्टहरु भई नै रहे । ७० वर्षको भारतभित्र स्वतन्त्रता संग्रामका छिटाहरु हामी आजसम्म पनि देख्छौं ।

त्यो बेलामा मैले के महसुस गरे भने । यो मेरो लागि धेरे ठुलो अपर्चुनिटी हो । जहाँ इन्डियाका सबैभन्दा ठुला कर्पोरेट हाउसहरु पस्न खोज्दैनन् । अरुको लागि समस्याग्रस्त ठाउँ थियो होला । तर, मैले सबैभन्दा ठुलो अवसर त्यहाँ पाए ।

कठिन परिस्थितिमा पनि आफूलाई बचाएर लैजाने तरिकाहरु हुन सक्छन् । तपाईंको लक्ष्य क्लियर छ, दृष्टिकोण क्लियर छ । सन्तुलित ढंगले तपाईंले आफूलाई अगाडि लिएर जान सक्नु भयो भने तपाईंले आफूलाई अगाडि बढाएर लैजान सक्नुहुन्छ । नर्थिस्टको कन्टेस्ट पनि यही भन्छ ।

नवलपरासीको चौधरी उद्योग ग्राम १२ वर्षे द्वन्दको बीचमा बनेको हो । एकदिन पनि निर्माण कार्य रोकिएन । सानातिना छुटपुट घटना घटेका होलान् ! ठुलो डिस्टर्व गर्ने खालका घटना घटेनन् । र, मलाई लाग्छ दुई पक्षबीचको भिडन्तको बीचमा पनि यो एउटा नेशनल प्रोडक्सनको सेन्टर हो, डेभलपमेन्टको एउटा प्लेटफर्म हो, जनताहरुले आफ्नो मान्ने ठाउँ हो । त्यसैले पनि यसलाई जोगाएर राख्नुपर्छ भनेर बचाइयो ।

एक समय यस्तो थियो, पछाडिबाट माओइस्ट(माओवादी) छिर्थे अगाडिबाट आर्मी छिथ्र्यो चौधरी ग्रुपको प्राङ्गणभित्र । एक अर्कालाई देखेको भए स्थिति अर्कै पनि हुन सक्थ्यो होला ! दुवैसँग लड्ने स्थिति हाम्रो थिएन । यो विषयमा म एउटा किताब पनि लेख्दै छु । द्वन्दकालमा पनि कसरी एउटा औद्योगिक ग्रामको आधारशिला बनाउन सकिन्छ ? यो अनुभव मसँग छ । श्रीलंकामा पनि मेरो अनुभव प्रयोग भएको छ । जुनबेला हामीले ताजसँग समुद्र होटलको जोइन भेन्चर गर्यौ । त्यही समयमा कोलम्बो एअरपोर्टका ६ वटा फ्लाइटमाथि एलटिडिएले बम बिस्फोट गरायो ।

श्रीलंकन पनि त्यहाँ हात लगाउन तयार थिएनन् । बाहिरका मान्छेको कुरा छोडौं । त्यहाँ मेलै अवसर देखे । सिमित पुँजी, साधन र स्रोत भएका मान्छेहरुसँग चोइसहरु लिमिटेड हुन्छन् । जब त्यो चोइस कठिन बन्छ । लिमिटेड चोइसका बीचमा पनि जब डिफिकल्ट हुन्छ । मलाई लाग्छ त्यही नै अपर्चुनिटी हो ।

त्यो अपर्चुनिटीमा जसले जम्प मार्न सक्छ, उसले धेरै हदसम्म नयाँ आयाम लिन सक्छ । यसो भन्नुको अर्थ कहाँ–कहाँ समस्या छ खोजी खोजी जाउँ भन्ने अर्थ नलागोस् । तुलनात्मक रुपमा अपर्चुनिटी धेरै हुन्छ । कम्पिटिसन पनि कमै मात्रामा हुने गर्छ ।

नियति जे भन्नुस्, मैले किताब लेख्ने सन्दर्भमा । इन्डियाका एक जना ठुलो अथर, हिन्दोलसेन गुप्ता जसले ‘विइङ हिन्दु’ भन्ने किताब लेख्यो । उसले मलाई भनेको थियो, ‘मिस्टर अब्दुल, ह्याभ यु नोटिस द्याट, गो यु डिफिकल्ट प्लेसेस विथ डिप इन्सर्जेसिन्सज विकम योर डिएनए ।’ भन्नुको मतलब, नेपालमा पनि १२ वर्ष त्यस्तै समयमा औद्योगिक संस्थाको निर्माण गर्यौ । श्रीलंकामा आफ्नो प्रजेन्स कायम गर्यौ ।

वाइवाइ, एउटा सेकेन्ड लार्जेस्ट ब्रान्डको रुपमा इन्डियामा उभिनु सानो कुरा निश्चय पनि होइन । त्यो बेला नर्थिस्ट, आसाम, हिमालयमा, अरुणाञ्चल प्रदेशमा यदि त्यो समयमा नपसेको भए, यसको प्रयोग नगरेको भए, वाइवाइले इन्डियामा यो खालको वर्चश्व बनाउन सक्ने थिएन । नेपालबाट सुरु भएको उत्पादनले विश्व बजारमा आफ्नो छवि बनाउन सक्ने थिएन । म खोजेर हिँडेको होइन । अवसर अगाडि आयो। नडराइ पसे ।मेरो जीवनका सबैभन्दा ठुलो पुँजी, म मेरा सम्बन्धहरुलाई नै मान्छु । त्योभन्दा ठुलो अरु केही पनि छैन ।

मान्छे एक्लैले सबै कुरा गर्छु भनेर सक्दैन । राम्रो सुझाव, सल्लाह, सहयोग र समर्थनको आवश्यकता पर्छ । त्यो पोलिटिकल पनि हुनसक्छ ,नन पोलिटिकल पनि हुनसक्छ । मेरो पहिचान भनेको नेपाल नै हो । यदि म नेपाली नभएको भए विश्वको एकमात्र विलिनियरको सूचिमा पर्ने थिइन । म भारतमा भएको भए म भीँडमा हराउने थिए । जब म अन्तर्राष्ट्रिय मञ्चमा पुग्छु । राष्ट्रको एक्लो प्रतिनिधिको रुपमा पुग्छु । खास गरी इकोनोमिक मेजर फर्महरुमा ।

यो मेरो सोचाई मात्र हो । विशेषगरी साउथ एसियामा । मेजरी विजनेश ठुलो स्कलेमा गर्न थाल्यो भने लन्डनमा बसाई सार्ने, ट्याक्सस जाने, ठुलो समुन्द्रमा हाम नफाली मेरो व्यापारको दायरा बढ्न सक्दैन भन्ने मानसिकताबाट ग्रसित छौं । तर, मेरो एउटै सोचाई थियो । म नेपालको पहिलो मल्टिनेशनल कम्पनी बनाउँछु । जसको हेडक्वाटर नेपालमै होस् ।

(पोखरामा जारी ‘आइएमइ नेपाल लिट्रेचर फेस्टिबल’को तेस्रो दिनको, नेपाली बजारको विश्वव्यापिकरण सेसनमा चौधरी ग्रुपका विनोद चौधरीले गरेका राखेका भनाईको सम्पादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *