हास्य कलाकार शिवहरी पौडेलको काठमाडौँमा यति भव्य घर, २९ वर्षको संघर्षले ठडियो (पुरा भिडियो)

काठमाडौँ । नेपालका चर्चित मध्येका हास्य कलाकार हुन् शिवहरि पौडेल । उनि जिरे खुर्सानी टेली सिरियलबाट चर्चामा आएपनि त्यस अघि उनको संघर्ष सुरु भएको थियो । २०४० सालतिर उनि हेटौंडाको अमलेखगञ्जबाट कामसँगै पढाइलाई अगाडि बढाउने सिलसिलामा काठमाडौं छिरेका थिए।

पढाइ संगै उनले जागिर पनि सुरु गरे । सुरुमा आयल निगमको जागिरे भए पनि पछि उनले १० ठाउँमा एक्कैचोटी नाम निकाले र बैंक रोजे । कलाकारिता मात्र हैन उनि पढाइमा पनि निक्कै तिछ्न थिए । यति तिछ्नकी त्यसबेला उनलाई खरदार र सुब्बाका सबै प्रश्न उत्तर कण्ठै थियो । जागिर बैंकको भएपनि तलव निक्कै कम थियो । पांच सय रुपैया तलबले कोठा भाडा र क्याम्पस फि तिर्न धौ धौ पर्थ्यो ।

उनले बैंकको जागिर मात्र खाएनन सडकमा पत्रिका समेत बेचे । यस्तै धेरै संघर्ष पछी मात्र उनि कलाकारिता क्षेत्रमा छिरेका थिए । अहिले उनको काठमाडौँमा भव्य घर छ । नाम र दाम पनि छ । उनीसंग गरिएको ताजा कुराकानी हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *