निम्ताे मानेर घर पनि फर्कन पाएनन् केशव भट्टराई, यस्ताे थियाे उक्त घ’टना

काठमाडौं। ५३ वर्षको उमेरमा असामयीक नि’धन भएका चलभित्र क्षेत्रका आशाका केन्द्र चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रणअन्त नाटकीय रुपमा भएको संञ्चारमाध्यमहरुले लेखेको छन् ।

आइतवार विकास वोर्डका सदस्य नरेन्द्र महर्जनको आमाको पुन्यतिथिको निम्तो मान्न गएका उनको करिव ३ घण्टाको अन्तरालमा मृ त्यु भएको हो । १५ वर्षदेखि उच्च रक्त’चापको औषधि सेवन गर्दै आइरहेका उनले साझ ७ बजे महर्जनको घर कीर्तिपुर पुगेर नेवारी परम्परा अनुसार मधि’रापान गरेको बताइएको छ ।

निम्तामा पुगेका भट्टराईलाई महर्जनको घरमा रहँदा उनले केही असहज महसुस गरेको र टा’उको दुः’खेको बताएका छ भने निम्तो मानेर अनामनगरस्थित घर फर्किने क्रममा उनको स्वास्थ्य बिग्रेको र राति ९ बजेतिर बाटोमा उनले वान्तासमेत गरेका जनाइएको छ ।

करिब १० बजे राती अचेत अवसस्थामा चाबहिलस्थित ओम अस्पताल पुर्याइएका भट्टराईले गाडीबाट ओराल्ने क्रममा उनको मुखबाट र्याल र र गत निकाले थिए । अस्पतालले उनलाई अस्पताल पर्याउनु र्पूवनै उनको नि’धन भएको जनाएको छ ।

हृदयघा’तबाट नि’धन भएको हुन सक्ने आशंका गरिएको उनको वान्ता गर्ने क्रममा स्वासनलीमा अवरोध पुगेको अनुमानसमेत गरिएको छ । आइतबार दिउँसो उनले बोर्डको वैठक राखेर शनिबार नि’धन भएका कलाकार दीपक क्षत्रीको अन्त्येष्टिका लागि रकम छुट्याएका थिए ।

तुलसी घिमिरेको चलचित्र ‘कोसेली’ बाट ०४५ सालमा अभिनय यात्रा सुरु गरेका भट्टराईले पाँच दर्जन जति चलचित्रमा अभिनय गरेका छन् । उनले थुप्रै चलचित्र निर्माण पनि गरेका छन् । उनी ८ महिना अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका थिए । त्यसअघि उनी चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष थिए ।

भट्टराईको आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्यष्टि गरिएको छ । त्यसअघि चलचित्र बिकास बोर्डमा श्रद्धाञ्जलीका लागि २ बजेसम्म राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *