सिन्धुपाल्चोक दुर्घ’टना : बसचालक रहेका बाबु फरार आमाको निधन, सात महिने छोरी अस्पतालमा अलपत्र

काठमाडौं । ६ किलो घुम्ती दुर्घ’टनामा परेको बसका चालक फरार छन् । उनकी पत्नी सुनिताको दुर्घ’टनामा नि’धन भएको छ भने ७ महिने काखे शिशु (छोरा) खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा छन् । सिन्धुपाल्चोक जिल्ला इन्द्रवति गाउँपालिका–१० का चालक सुमन तामाङ पत्नी सुनिता र ७ महिने काखे शिशु (छोरा) लिएर कालिञ्चोक दर्शन गर्न पुगेका थिए ।

फर्कँदा सुमनले हाँकेको बा२ख४४६८ नम्बरको बस दु’र्घटना भयो । दु’र्घटनामा उनले पत्नी गुमा’ए । दुर्घटनामा निध’न भएका १५ जना मध्ये उनी पत्नी सुनिता पनि थिइन् । घट’ना लगत्तैदेखि सुमन फरार छन् । उनीहरुको काखे शिशु खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा छन् ।

‘चालक पनि परिवार लिएर कालिञ्चोक गएको, दुर्घट’नामा पत्नी गुमाएको सोमबारमात्र पत्ता लाग्यो,’ जिल्ला ट्राफिक प्रहरी कार्र्यालयका प्रमुख सई राजेश दाहालले भने । दुर्घटनाका घाइतेसँगै शिशुलाई पनि अस्पताल लगिएको थियो । नागरिक दैनिकले खबर छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *