करीनाको चाहना: राहुल गान्धीसँग डेट जान चाहन्छु

काठमाडौं – पछिल्लो समय फिल्म क्षेत्रमा भन्दा बढी आफ्नो परिवारसँग बिताउने गरेकी बलिउड अभिनेत्री करीना कपूर यतिबेला चर्चामा छिन् । चर्चामा हुनुको कारण फिल्मभन्दा पनि उनले दिएको एक अभिव्यक्ति हो ।करीनाले हालै एक टेलिभिजन ‘शो’मा आफूलाई भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीसँग डेटमा जान चाहेको बताएकी छिन् ।

उनलाई अन्तर्वार्ताकारले सोधेकी थिइन्, ‘कोसँग डेटमा जान चाहनुहुन्थ्यो ?करीनाले शुरुमा त भन्नैपर्छ र भनेर सोधेकी थिइन् । ‘भन्नुपर्छ र ? यसको उत्तर दिनैपर्छ झैँ त लाग्दैन, यो विवादास्पद भए पनि मतलब छैन, म राहुल गान्धीलाई म नजिकबाट बुझ्न चाहन्छु ।’, करीनाले भनिन् ।साथै गान्धीको पारिवारिक पृष्ठभूमि राजनीति भएको र आफू चलचित्र क्षेत्रबाट आएकाले दुवैका लागि यो रोचक समेत हुने उनले धारणा राखिन् ।

उनको यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरिएका छन् । कतिपयले भने नयाँ चलचित्रको प्रचारका लागि करीनाले ‘फन्डा’ गरेको आरोप समेत लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *