मंगलबार रातिदेखि बढ्यो पेट्रोलियम पदार्थकाे मूल्य

काठमाडौं, २ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपयाँले वृद्धि गरिएको जानकारी दिएका हुन् ।

उनले पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य बढाइएको जानकारी दिए ।

निगमले डिजेल र मट्टीतेलको खुद्रा मूल्य वृद्धि गरे पनि पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य भने यथावत नै राखिएको उनले जानकारी दिए ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग : पुलिस र हिमालयनले बराबरी खेले

काठमाडौँ, १ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलको निर्धारित समयमा पुलिस र हिमालयनले गोल गर्न सकेनन् । पहिलो हाफमा पुलिसले गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । खेलको १३औँ मिनेटमा पुलिसका कप्तान जुमानु राईले तथा ३०औँ मिनेटमा सुमन लामाले गोल गर्ने अवसर पाएका थिए । बराबरी खेलेपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् ।

आजै सम्पन्न पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले सरस्वती युवा क्लबलाई ४–० गोलले पराजित ग¥यो । एनआरटीका लागि सरोज तामाङले दुई तथा विदेशी खेलाडी ओन्ग्विने निकेन्ग्वे र एनडेम्बा ओवानाले एक÷एक गोल गरे । तामाङले खेलको ६९औँ र ८१औँ मिनेटमा तथा निकेन्ग्वले ३९औँ मिनेटमा र ओवानाले ९०औँ मिनेटमा गोल गरेका हुन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *