नागरिकता विधेयकबिरुद्ध जागे बलिउडकर्मी

मुम्बई । अहिले भारद्धतमा नागरिकता कानुन संशोधनबारे व्यापक विरोध भइरहेको छ । नयाँ दिल्लीमा यो कानुनको विरोधमा दिनदिनै नाराजुलुसको क्रममा जारी छ ।विपक्षी पार्टीहरूले यो कानुनलाई मुद्दा बनाएर सरकारको तीव्र आलोचना गरेका छन् । नागरिकता कानुन

संशोधनबारे विरोध गरेको विद्यार्थीहरूमाथि प्रहरीले गरेको चरम यातनाको पनि सबैले विरोध गरेका छन् । अहिले अन्य सहरमा पनि खुलेर विरोध गरिएको छ र विरोध गर्नेमाथि दमनको क्रम जारी छ । यो संशोधित कानुन र जनतामाथि भएको दमनको विषयमा बलिउड कलाकारहरूले पनि विरोध गरेका छन् ।

बलिउड अभिनेत्री परिणिती चोपडाले सामाजिक सञ्जालमार्फत नागरिकता सम्बन्धित संशोधित कानुनको विरोध गरेकी छन् । नागरिकले आफ्नो विचार राख्दा त्यसलाई रोक्ने काम हुन्छ भने यो कानुन पास गर्न दिएर देशको लोकतन्त्र अधिकार सरकारलाई दिनुपर्छ भन्दै सरकारको व्यंग्य गरेकी छन् । लोकतन्त्रले दिएको विरोधको अधिकार खोस्दै जनतालाई कुट्नु कुन लोकतन्त्र हो भनेर उनले प्रश्न उठाएकी छन् । जनताले आफूलाई लागेको कुरा गर्न किन नपाउने

भनेर उनले सरकारलाई प्रतिप्रश्न गरेकी छन् अभिनेत्री आलिया भट्टले त भारतमा सबैका नागरिककै हितका लागि नागरिक कानुन बन्दैन भने त्यो कानुन कसका लागि बनाउन लागिएको हो भनेर प्रश्न गरेकी छन् । भारतीय नागरिकले आफ्नो पक्षमा नागरिकताको कानुनबारे उठाएको आवाजलाई सरकारले गरेको दमनको उनले घोर निन्दा गरेकी छन् ।

परिणिती चोपडाले सामाजिक सञ्जालमार्फत नागरिकता सम्बन्धित संशोधित कानुनको विरोध गरेकी छन् । नागरिकले आफ्नो विचार राख्दा त्यसलाई रोक्ने काम हुन्छ भने यो कानुन पास गर्न दिएर देशको लोकतन्त्र अधिकार सरकारलाई दिनुपर्छ भन्दै सरकारको व्यंग्य गरेकी छन् ।

अभिनेता आयुष्मान खुरानाले आइतबार जामिया स्लामिया विश्वविधालयमा विद्यार्थीमाथि भएको चरम हिंसाविरुद्ध आवाज उठाएका छन् । सो हिंसामा सरकार पूर्ण जिम्मेवार रहेको भन्दै सरकारलाई हिंस्रकको उपमा दिए । यो कानुनले अल्पसंख्यक भारतीयहरूलाई नागरिक हुनबाट रोक लगाउने तयारी गरेको बताउँदै उनले विद्यार्थीहरूको आवाज सुनेर सरकारले अब गलत निर्णय लिनु नहुने बताएका छन् । आफूले आर्टिक १५ जस्तो फिल्ममा काम गरेको र अहिले

सरकारले ल्याएको नागरिकतासम्बन्धी संशोधित कानुन अल्पसंख्यक भारतीयहरूको हितमा नरहेको जिकिर गरेका छन् । अहिलेको युवाशक्ति विद्यार्थीहरूको मागलाई सरकारले चाँडै सम्बोधन गर्नुपर्ने आयुष्मानले बताएका छन् । बलिउड अभिनेता विकी कौशलले पनि सरकारबाट जे भएको छ, त्यो सरासर गलत

भएको छ भन्दै ट्वीट गरेका छन् । अहिले भइरहेको यातना सही नभएको उनले ठहर छ । आफ्नो विचार शान्तिपूर्ण रूपमा राख्ने अधिकार कानुनले नागरिकलाई दिएकोमा उनीहरूमाथि हिंसा हुनु निन्दनीय कार्य भएको उनले बताएका छन् । घाइते भएका विद्यार्थी साथीहरूको चिन्ता आफूलाई भएको अभिनेता कौशलले बताएका छन् । लोकतन्त्रबाट हाम्रो विश्वास हराउनुहुँदैन भन्ने उनको आवाज छ ।

बलिउड अभिनेत्री रकुलप्रति सिंहले पनि संविधानले दिएको भारतीयहरूको बोल्ने अधिकार, अभिव्यक्ति स्वतन्त्रताको अधिकार र आफ्नो नेता चयन गर्ने अधिकारको किन खिल्ली उडाउने कार्य अहिले भइरहेको छ भनेकी छन् । उनले लोकतन्त्रमा रहेर नागरिकको अधिकारलाई सम्मान गर्न सरकारलाई अनुरोध
गरेकी छन् ।

अभिनेत्री सन्ध्या मृदतलले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै हिंसा रोक्न र नागरिकलाई शान्तिपूर्ण बाँच्न तथा बोल्ने अधिकार दिन आग्रह गरेकी छन् । नागरिकमाथि गरिने हिंसाले लोकतन्त्रको रक्षा नहुने पनि उनले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *