जोन लेननको टुटेको चस्मा २ करोड ८ लाखमा बिक्री

दिवंगत संगीतकर्मी जोन लेननको चस्मा (सनग्लासेस) एक लाख ८३ हजार अमेरिकी डलर (दुई करोड ८ लाख नेपाली रुपैयाँ) मा बिक्री भएको छ जोन लेननको हरियो रंगको सिसायुक्त चस्मा लण्डनमा लिलामीका लागि राखिएको थियाे । बोलबढाबढका आधारमा लेननको चस्मा एक लाख ८३ हजार अमेरिकी डलर मूल्यमा बिक्री भएकाे हाे ।

ओलिभर गोल्डस्मिथले निर्माण गरेको चस्मा लेननलाई सन् १९६६ मा प्रदान गरिएको थियो । रिचार्ड लेस्टरको चलचित्र ‘हाउ आई वन त वार’ को तयारीमा रहेका लेननलाई त्यसमा थप उर्जा प्राप्त होस् भनेर साे चस्मा प्रदान गरिएको थियो ।

लेननका पूर्व चालक (ड्राइभर) एलन हेरिङ्गले ती चस्मा लिलामीमा राखेका हुन् । सन् १९६८ को समरमा आफूले लेननलाई कार्यालय छोड्न जाँदा लेननले निस्कने बेला कारको पछाडि चस्मा छोडेको हेरिङ्गले बताएका छन् ।

एकातिरकाे लेन्स तथा अर्कोको फ्रेम बिग्रिएको अवस्थामा रहेको चस्मा बनाएर ल्याइदिने प्रस्ताव आफूले गरेको हेरिङ्गले बताएका छन् । उनले भनेका छन्, ‘जोनले चस्मा छोडेर गए, मैले कहिले पनि बनाइनँ, जोनले जस्तो छोडेर गएका थिए त्यस्तै राखेँ ।’

लिलामीमा चस्मा कसले किनेको भन्ने खुलेको छैन । तर हेरिङ्गले आफ्नो परिवारका लागि चस्मा लिलाम गर्नु परेको बताएका छन् । गएकाे शुक्रबार चस्माको लिलामी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *