अभिनेत्री वर्षा शिवाकोटी र निर्माता/निर्देशक मिलन चाम्सको प्याचअप

वर्षा शिवाकोटी र मिलन चाम्सको अफेयरले एक समय उद्योगमा राम्रै तरंग ल्याएको थियो । दुवैले एक अर्कालाई प्रेम प्रदर्शन गर्ने कुनै अवसर छाडेका थिएनन् ।

अभिनेत्री वर्षाले कफीसमेत मिलनको नाम लेखेर पिउने गरेकी थिइन् । तर, फिल्म सकियो, सम्बन्ध पनि सकियो वाला नियतले यहाँ निरन्तरता पायो । वीर विक्रम–२ हलबाट उत्रिएको केही समयमा नै दुवैको प्रेमको नशा उत्रिएको चर्चा चल्यो ।

यो खबरको पुष्टि त्यतिबेला भयो, जब तिहार अघि बर्षाले अमेरिकाबाट जानीजानी प्रेमी सार्वजनिक गरिदिइन् । तर यी दुईबीचको तिक्तता सहज हुने क्रममा छ । यसले पुष्टि भएको छ, वर्षा र मिलनको एकसाथ भएको दुबई यात्राले ।

एउटा सम्मान कार्यक्रमको लागि अहिलेउनीहरु दुबईमा छन् । दुवै एउटै गन्तब्यमा जानुको मतलब हो, सम्बन्ध हार्दिक हुनु । अब यसरी नै दुवै जना एक दुई ठाउँ हिँडे भने वर्षाको हातमा मिलन चाम्स लेखिएको ग्लास देखिन बेर लाग्दैन । मिलन त्यसै पनि अर्को फिल्म बनाउन ठीक्क परेर बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *