नायिका केकी अधिकारीको आज जन्मदिन, कति बर्षकी लागिन् उनी ?

काठमाडौं – चर्चित नायिका केकी अधिकारीको आज जन्मदिन परेको छ । आजबाट उनी ३१औं बर्षमा लागेकी छिन् । २०४६ साल पौष २ गते जन्मिएकी केकी अघिकारीलाई हिजोदेखी नै शुभकामनाको ओइरो लागेको छ । नेपाली विकिपिडिया अनुसार उनको जन्मदिन १९८९ डिसेम्बर १७ तारिखका दिन रहेको छ । तर उनको जन्मदिन आज पनि मनाइएको छ । केकी पढेलेखेकी र सुशिल नायिकाका रुपमा परिचित छिन् ।

२०१० मा स्वोर चलचित्रबाट नेपाली चलचित्रमा प्रबेश गरेकी केकी अहिले चलचित्र र म्युजिक भिडियोहरुमा ब्यस्त छिन् । पछिल्लो समयको उनको चलचित्र छ माया छपक्कै ले उनी निकै चर्चामा आइन् । यसै चलचित्रले उनलाई चर्चाको शिखरमा पुर्याएको छ । अहिले उनी नयाँ चलचित्र झिङगेदाउको शुटींगमा ब्यस्त छिन् ।

केकी र आंचल बने जेठानी- देउरानी, तारिफ र झगडासंगै प्रेमीको कुराले लियो यस्तो मोड

काठमाडौ । केकी अधिकारी र आंचल शर्मा एकसाथ चलचित्र झिँगेदाउमा देखिने भएका छन् । देउरानी झेठानीको भूमिकामा यी दुई अहिले चलचित्रको शुटिङ्ग धमाधम गरिरहेका छन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको चलचित्रमा आंचल र केकी देउरानी जेठानीको रोलमा देखिने हुँदा यस चलचित्रको चर्चा चुलिंदो छ । यी दुईको लुक्स सामाजिक संजालमा सार्वजनिक भए संगै दर्शकहरु माझ कौतोहुलता पनि बढ्दो देखिएको छ । आंचल र केकीले समेत चलचित्रमा संगै काम गर्दाको अनुभव साट्दै भने: “एक अर्काबाट जीवन जिउने धेरै कुराहरु सिक्दै समेत छौ ।”

अभिनेत्री आँचलले पहिलो पटक यस चलचित्रमार्फत गाउँमा बस्ने एक विवाहित महिलाको भूमिका निभाउदैछिन् । त्यस्तै केकी अधिकारी पनि गाँउले महिलामा देखिदैछिन् । यस चलचित्रको छायांकन अहिले भकुन्डेबेसीमा भइरहेको छ । यस चलचित्रमा अभिनेत्री केकी अधिकारी जेठानी दिदी बन्ने र आँचल शर्मा देवरानी बन्ने चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *