पक्राउ गर्न हातमा पेस्तोल बोकेर पुगेको प्रहरी, जब यस्तो हालतमा देख्यो त्यसपछि…

एजेन्सी । चीनको हुनान प्रान्तमा प्रहरीले एक चोरलाई भाग्ने क्रममा पक्राउ गरेको भिडियो भाइरल भइरहेको छ। प्रहरीबाट बच्न भाग्ने क्रममा चोर एक भवनको २२ औं तल्लाको झ्यालमा झुयिडयो । प्रहरीको टोली उ बसेको ढोका विस्तारै खोलेर भित्र पस्छन् । हतियार सहित पसेका प्रहरीलाई देखेको चोर भाग्ने कोशिष गर्दा २२ तला माथिको झ्यालमा झुण्डिन्छ । प्रहरीका अनुसार भवनबाट तल झर्ने क्रममा २२ औं तल्लामा पुगेर उसले सन्तुलन गुमाएको थियो र एउटा झ्यालमा झुण्डियो। झ्यालमा झुण्डिएको दृष्य भिडियोमा देख्न सकिन्छ ।

भागिरहेको चोरलाई बचाउन उल्टै उद्धार टोली बोलाउनु पर्ने अवस्था आयो। पछि उसलाई २२ औं तल्लाबाट उद्धार गरेर पक्राउ गरिएको थियो। सो युवकले २४ मार्चमा एक स्थानीय पसलमा चक्कु देखाएर लुटपाट गरेको आरोप लागेको थियो। प्रहरीले उक्त युवकले लुटेको सबै सामान बरामद गरिसकेको छ।

लुटपाटपछि युवक जियाङमा रहेको भवनमा लुकिरहेको थाहा पाएपछि प्रहरी उसको खोजीमा उक्त भवन पुगेको थियो। प्रहरी उसको अपार्टमेन्टमा प्रवेश गरेपछि युवक लिफ्ट र भर्याङबाट नभइ भवन बाहिरको झ्याल हुँदै भाग्न थालेको थियो। सो व्यक्ति २००३ र २०१७ मा समेत चोरीको आरोपमा पक्राउ परी जेल सजाय भोगेर बाहिर आएको प्रहरीले बताएको छ।

चीनमा प्रत्येक २ दिनमा एक अर्बपति

गत वर्ष विश्वकै धनीहरुले ३८८ अर्ब डलर गुमाएको यूबीएस र पीडब्लूसीले सार्वजनिक गरेको नयाँ रिपोर्टले देखाएको छ । उनीहरुको सम्पत्तिमा पनि गिरावट आएर ८.५३९ ट्रिलियन डलर कायम भएको छ । भूराजनीतिक धरमर र अस्थिर इक्विटी बजारका कारण उनीहरुको सम्पत्ति गुमेको बताइएको छ ।

रिपोर्टका अनुसार विश्वकै दोस्रो ठूलो अर्बपतिको भूमि रहेको चीन र एसिया प्रशान्त क्षेत्रमा गिरावट आएकाले समग्रमा अर्बपतिको संख्या र सम्पत्ति दुवैमा गिरावट आएको बताइएको छ ।

चीनका सुपर रिचको कल सम्पत्तिमा १२.८ प्रतिशतले गिरावट आएको छ । धितोपत्र जबारमा आएको गिरावट र कमजोर अवस्थाको स्थानीय मुद्राका कारण चिनियाँहरुको सम्पत्तिमा पनि गिरावट आएको छ । देशको आर्थिक वृद्धि सुस्त भएकाले पनि अर्बपतिको सम्पत्तिमा कमी आएको छ ।

यद्यपि यसका बावजुद चीनले प्रत्येक दुई दिनमा एक नयाँ अर्बपति जन्माउदै आएको यूबीएसका प्रमु जोसेफ सडलरले बताए । अमेरिका बाहेक विश्वव्यपाी रुपमा जताततै अर्बपतिको संख्यामा गिरावट आएको छ ।
‘‘यो वर्ष पुनः अर्बपतिको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ,’’ अल्ट्रा वेल्दी ग्राहकका लागि यूबीएका प्रमुख लगानी अधिकृतले बताए । बृहत वित्तीय बजारको र्यालीले सुझाव गरे भन्दा मन्द गतीमा वृद्धि हुने पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *