सुत्नु भन्दा अघि गर्नुहोस् यी कार्य, चम्किनेछ तपाइको भाग्य !

काठमाडौँ। हिन्दु धर्मशास्त्रमा हरेकको कुराको वैज्ञानिक आधार प्रस्तुत गर्न खोजिएको देखिन्छ, चाहे त्यो खाना खानु अघि गर्नु पर्ने कार्य होस् वा कुनै नयाँ व्यवसाय शुरु गर्दा गरिनु पर्ने कार्य किन नहोस् । यसैक्रममा हिन्दु धर्मशास्त्रमा सुत्नु अघि केहि कुरा गर्दा अत्याधिक लाभ हुने दाबी गरिएको छ।

१. सुर्यास्तपछि दुध वा दुधबाट बनेको परिकार दान कहिल्यै पनि गर्न नहुने । यदि यस्तो गरियो भने देवी लक्ष्मीको अपमान र देवी रिसाउने भनेर उल्लेख गरिएको छ।

२. रात वा साँझ परेपछि कहिल्यै पनि टाउको नुहाउनु अशुभ हुने वास्तुशास्त्रमा उल्लेख छ । यसैगरि यस्तो गर्नाले शरीरमा नकारात्मक शक्तिको प्रभाव बढ्ने गर्दछ।

३. सुत्नु अघि भान्छा घरको पानी राख्ने भाँडामा पानी भरेर राख्दा घरमा शुभ हुने र नकारात्मक शक्तिहरु घरबाट टाडा रहने गर्दछ। वास्तुशास्त्रअनुसार बिहानै घरमा खाली भाँडा देखियो भने असुभ हुने र पुरै दिन बिग्रिने गर्दछ।

४. हप्तामा एक चोटी सुत्नु भन्दा अघि आफ्नो कोठामा सिधे नुन वा बिरे नुन राख्दा शुभ मानिन्छ। यसलाई राख्दा कागजमा पोको पारी वा नपारी कुनै एउटा कोठामा राख्नुपर्ने र बिहान उठेपछि त्यस नुनलाई फ्याकिदिनु पर्छ । यसो गर्दा कोठाबाट नकारत्मक ऊर्जाहरु नष्ट हुने विश्वास छ

५. घरको मुख्य द्वार वा ढोकाको नियमित सफाइ गर्नुपर्ने र यदि सकियो भने हप्तामा एकपटक मुख्य ढोकालाई गंगाजलले सफा वा धोए शुभ मानिन्छ। वास्तुशास्त्रअनुसार यसो गर्दा घरबाट नकारात्मक शक्तिहरु नष्ट हुनुका साथै घरपरिवारमा शान्ति छाउने र सफलता प्राप्त हुने विश्वास गरिन्छ।

६. सुत्नु अघि घरको कुचो वा झाडुलाई दक्षिण पश्चिम दिशामा फर्काएर राख्नुपर्ने, जसले गर्दा घरमा सम्पन्नता छाउने, घरको बच्चाहरुको पढाईमा मन लाग्ने साथै यदि घरमा ऋण लागेको छ भने उक्त ऋण विस्तारै घट्दै जाने विश्वास गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *