चिसोले पठनपाठनमा समस्या भएपछि दुई दिन विद्यालय बन्द

कञ्चनपुर, २ पुस । जिल्लाको भीमदत्त नगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भीमदत्त नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले अत्याधिक चिसो बढेको कारण देखाउँदै पठनपाठनमा समस्या हुँदा पुस ३ र ४ गते दुई दिन सार्वजनिक बिदा गर्ने निर्णय गरेको हो ।

शाखा प्रमुख हरिदत्त जोशीले जाडो बढेकाले सञ्चित बिदाबाट घटाउने गरी दुई दिन नगर भित्रका सामुदायिक एवं निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको बताएका छन् । ‘चिसोमा विद्यार्थीको स्वास्थ्यलाई ध्यान दिँदै दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ,’ उनले भने, ‘अत्यधिक चिसोका कारण पठनपाठनमा समस्या हुने देखर बिदा दिने निर्णय गरिएको छ ।’

अत्यधिक चिसोसँगै शितलहर परेपछि कञ्चनपुर लगायत तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । पुस महिना सुरु भएसँगै तराईका जिल्लामा हुस्सु र शितलहर देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *